+
+
Shares

प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धतामा ४ अर्ब बढीले सुधार, कुन क्षेत्रमा कति ?

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ४ गते १९:३२

४ फागुन, काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिवद्धतामा सुधार देखिएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिना (साउन–माघ)ससम्म २६ अर्ब ८४ करोड १७ लाख ३३ हजार ४ सय रुपैयाँ बराबरको एफडीआई स्वीकृत भएको छ ।

यो गत आर्थिक वर्षको माघ मसान्तसम्मको तुलनामा ४ अर्ब १४ करोड २ लाख रुपैयाँले धेरै हो । गत आर्थिक वर्षमा माघ मसान्तसम्म २२ अर्ब ६८ करोड १५ लाख रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको तथ्यांकमा देखिन्छ ।

यस वर्ष अटोमेटिक रुटबाट २ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ र अप्रुभल रुटबाट २४ अर्ब २१ करोड ३४ लाख रुपैयाँ बराबरको एफडीआई स्वीकृत भएको छ। यससँगै अहिलेसम्म कुल ५ खर्ब ४६ अर्ब ६० करोड रुपैयाँ बराबरको एफडीआई स्वीकृत गरिएको विभागले जनाएको छ ।

यसवर्ष माघ महिनामा मात्र १ अर्ब ६ करोड ५२ लाख ४५ हजार रुपैयाँ बराबरको लगानी स्वीकृत भएको देखिन्छ ।

उद्योगको संख्यामा समेत उल्लेख्य वृद्धि

तथ्यांक अनुसार यस वर्ष दर्ता हुने नयाँ उद्योगको संख्यामै उल्लेख्य वृद्धि देखिन्छ । ७ महिनामा ३८६ उद्योग दर्ता भएको देखिन्छ । यसरी दर्ता भएका उद्योगमध्ये १७५ उद्योग अटोमेटिक रुटबाट र ३८६ उद्योग अप्रुभल रुटबाट दर्ता भएका हुन् ।

यससँगै अहिलेसम्म प्रत्यक्ष वैदेशिक लगानीमा ६ हजार ७८५ उद्योग दर्ता भएको विभागको तथ्यांक छ । गत आवको माघ मसान्तसम्म २४१ उद्योग दर्ता भएको देखिन्छ ।

साना उद्योगमा आकर्षण

तथ्यांक अनुसार यस वर्ष साना उद्योगमा अधिक आकर्षण देखिएको छ । माघ मसान्तसम्म ३७५ साना उद्योगमा लगानी प्रतिवद्धत आएको विभागले जनाएको छ । मझौला उद्योगमा ७ र ४ मात्र ठूला उद्योगमा लगानी प्रतिवद्धता आएको तथ्यांक छ । गत वर्ष यसै अवधिमा १२ मझौला उद्योग दर्ता भएको देखिएको थियो । यस वर्ष लगानी सानोमा केन्द्रित छ ।

पर्यटन र आइटी उद्योगमा लगानी केन्द्रित

यस वर्षको लगानी प्रतिवद्धता हेर्दा पर्यटन र सूचना प्रविधिसँग सम्बन्धित क्षेत्रमा लगानी बढी केन्द्रित देखिएको छ । तथ्याङ्क अनुसार माघसम्म १६८ उद्योग पर्यटनसँग सम्बन्धित छन् । १३४ उद्योग सूचना प्रविधिसँग सम्बन्धित छन् । सेवा क्षेत्रमा ४८ वटा उद्योत दर्ता भएको देखिएको छ ।

उत्पादनमा २७, कृषिमा ६, उद्योगमा २ र ऊर्जामा १ उद्योगमा लगानी प्रतिवद्धता आएको तथ्यांक छ । रकमको हिसावले पर्यटनमा १७ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

संख्यामा धेरै भए पनि आइसीटीमा लगानी प्रतिवद्धता भने मात्र ८० करोड ६ लाख रुपैयाँ बराबर देखिन्छ । दोस्रो ठूलो प्रतिवद्धता सेवा क्षेत्रमा ५ अर्ब ६९ करोड रुपैयाँ बराबरको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?