+

निराजन र सरोजले पनि बुटवल लुम्बिनीबाटै एनएसएलको तेस्रो संस्करण खेल्ने

२०८१ फागुन  ४ गते १९:५५ २०८१ फागुन ४ गते १९:५५
निराजन र सरोजले पनि बुटवल लुम्बिनीबाटै एनएसएलको तेस्रो संस्करण खेल्ने

४ फागुन, काठमाडौं। बुटवल लुम्बिनी एफसीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको लागि थप दुई खेलाडी रिटेन गरेको छ ।

बुटवल लुम्बिनीले क्याटेगोरी बी बाट निराजन धामी र सरोज तामाङलाई रिटेन गरेको जनाएको छ ।

युवा फरवार्ड निराजनले केही समयअघि राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । यस्तै डिफेण्डर सरोज हाल एनआरटीबाट फुटबल खेलिरहेका छन् ।

बुटवल लुम्बिनीले राष्ट्रिय टिमका मिडफिल्डर मनिष डाँगीलाई नयाँ मार्की प्लेअर को रुपमा नियुक्त गरिसकेको छ भने दोस्रो संस्करणको एरिक विष्टलाई पनि रिटेन गरेको छ ।

आगामी चैत १६ गते सुरु हुने एनएसएलको तेस्रो सिजनका लागि बुटवल लुम्बिनीले तीन खेलाडी रिटेन गर्नुका साथै मार्की प्लेअर पनि नियुक्त गरिसकेको छ ।

तेस्रो संस्करणको लागि खेलाडीको अक्सन यही फागुन १० गते हुँदैछ ।

एनएसएल निराजन धामी बुटवल लुम्बिनी एफसी सरोज तामाङ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय