+

तेस्रो संस्करणको एनएसएलका लागि झापा एफसीले रिटेन गर्‍यो छिरिङ

२०८१ फागुन  ४ गते २०:४५ २०८१ फागुन ४ गते २०:४५
तेस्रो संस्करणको एनएसएलका लागि झापा एफसीले रिटेन गर्‍यो छिरिङ

४ फागुन, काठमाडौं । तेस्रो सिजनको नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करणका लागि झापा एफसीले थप एक खेलाडी रिटेन गरेको छ ।

यसअघि प्रशान्त लक्षमलाई बी क्याटेगोरीबाट रिटेन गरेको झापाले ए क्याटेगोरीबाट छिरिङ लामालाई रिटेन गरेको हो ।

झापा एफसीले त्यसअघि प्रवेश कटुवाललाई मुख्य प्रशिक्षकका रूपमा पनि नियुक्त गरिसकेको छ ।

तेस्रो संस्करणको एनएसएल फुटबल आगामी चैतमा हुँदैछ । सात टिमले प्रतिस्पर्धा गर्दैछन् । त्यसका लागि खेलाडी अक्सन आउँदो शनिबार हुँदै छ ।

अक्सनअघि विभिन्न टोलीहरूले खेलाडी रिटेन तथा मार्की खेलाडी घोषणा गर्ने क्रम चलिरहेको छ ।

छिरिङ लामा झापा एफसी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय