+

इस्टपोल र लिटिल एन्जल्स लोयल्टी कप फुटबलको फाइनलमा

२०८१ फागुन  ४ गते २०:५९ २०८१ फागुन ४ गते २०:५९
इस्टपोल र लिटिल एन्जल्स लोयल्टी कप फुटबलको फाइनलमा

४ फागुन, काठमाडौं । इस्टपोल र लिटिल एन्जल्स १३ औं लोयल्टी कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा आइतबार फाइलनमा प्रवेश गरेका छन् ।

एकताबस्तीस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा भएको पहिलो सेमिफाइनलमा इस्टपोलले गेट्वे एकेडेमीलाई ३–० गोलले पराजित गर्‍यो । इस्टपोलका छेवाङ लामा र विभूषण कट्वालले समान १–१ गोल गरे भने बाँकी गोल आत्मघाती थियो ।

अर्को सेमिफाइनलमा लिटिल एन्जल्सले आयोजक लोयल्टीलाई ३–१ गोलले हरायो । लिटिल एन्जल्सका आयुश थापाले २ तथा विज्ञान राजभण्डारीले १ गोल गरे ।

लोयल्टीका उसुम थापाले सान्त्वाना गोल गरे । लिटिल एन्जल्स र लोयल्टी दुईपटकका उपाधि विजेता हुन् । फाइनल सोमबार हुनेछ ।

त्यसअघि आइतबारै भएको क्वाटरफाइनलमा गेट्वेले चेल्सी वर्ल्ड स्कुललाई २–०, इस्टपोलले हिमालयनलाई ७–०, लिटिल एन्जल्सले जगत मन्दिरलाई ८–० र लोयल्टीले होली गार्डेनलाई २–० गोलले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए ।

लोयल्टी कप फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय