काठमाडौं । ई-स्पोर्ट्स संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा हुने दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपको अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने टिम र खेलाडीहरुको टुङ्गो लागेको छ ।
आयोजकले छनोट चरण, समूह चरण र प्लेअफ खेलाएर अन्तिम चरणमा खेल्ने टिमको टुङ्गो लगाएको हो । जसअनुसार पब्जी मोइबलमा १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्लेअफमा २४ टिमले प्रतिस्पर्धा गरेकोमा शीर्ष १६ टिम अन्तिम चरणका लागि छानिएका हुन् ।
यस्तै मोबाइल लेजेण्ड्समा दुई टिमले अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् । यस विधामा हमिङ बर्ड्स र औराले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी भ्यालोरेन्ट र डोटा टु मा ३-३ टिम अन्तिम चरणमा छनोट भएका छन् । डोटा टु मा किर्तिपुर, स्नेक हारु र एभेन्जर्स अन्तिम चरणमा छनोट भएका छन् भने भालोरेन्टमा नो टक ओनली किल, अरकान र काल्म डाउने अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् ।
इ फुटबलमा अन्तिम चरणमा १६ खेलाडी छनोट भएका छन् ।
पब्जीमा अन्तिम चरणमा छनोट भएका १६ टिमहरूमा लियो इस्पोर्ट्स, डिआरएस गेमिङ, रोएल गुर्खाज इस्पोर्ट्स, टि टु के इस्पोर्ट्स, रोयल ड्रागन इस्पोर्टस, हइन इस्पोर्ट्स, फोर योन्को लक्की क्याट, ड्रिम टु डेस्टिनेसन, ट्राइब एरोमेसी, आरसी ३२ इस्पोर्ट्स, फोर डेथ मेसिन, सोल्टी स्क्वाड, दाई इस्पोर्ट्स, नेप्क्स, जुट्टी स्क्वाड, फ्युचर एलिएन्स छन् ।
त्यस्तै ई-फुटबलमा अन्तिम चरणमा छनवट भएका १६ खेलाडीमा राजेश बिसी, आशुतोष विक्रम कार्की, प्रियम मगर, हृज्वान श्रेष्ठ, स्वप्निल अधिकारी, अनिश श्रेष्ठ, बुद्धि बहादुर भट्टराई, सन्दिप गोले तामाङ, निमेश श्रेष्ठ, उदिप महर्जन, सन्देश थापा, वियज लामा तामाङ, अमन रायमाझी, दावा नोर्बु शेर्पा, विशाल राई, दिपक भट्टराई छन् ।
फ्लेअफमा २४ टिमले प्रतिस्पर्धा गरेकोमा शीर्ष १६ टिम अन्तिम चरणका लागि छनोट भएका हुन् । उनीहरू ल्यान इभेन्टमा खेल्नेछन् । प्लेअफमा प्रतिस्पर्धा गरेका ८ टिम भने बाहिरिए ।
दोस्रो ई-स्पोर्ट्स नेशनल च्याम्पियनसिपमा पब्जी मोबाइल, ई-फुटबल, मोबाइल लिजेण्ड्स, डोटा टू, भ्यालोरेन्ट र कस प्ले विधामा प्रतिस्पर्धा हुनेछ ।

ई-फुटबलमा २ हजार ५१९ जनाले नाम दर्ता गराएका थिए भने पब्जी मोबाइलमा १ हजार ३९ टिम, मोबाइल लेजेण्ड्समा २८१ टिम, भारोलेरेन्टमा ६६ टिम, डोटा टु मा ५८ टिमले नाम दर्ता गराएका थिए ।
क्वालिफायर र प्लेअफका खेलहरु अनलाइनमा गराएको आयोजकले अन्तिम चरणको खेलहरु भने मात्र भौतिक रुपमा (ल्यान इभेन्ट) गर्दैछ ।
च्याम्पियनसिपको अन्तिम चरणको खेल भने आगामी फागुन ८ देखि १० गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालको कभर्डहलमा आयोजना गरिनेछ ।
अन्तिम चरणमा पब्जीमा १६ टिम, ई-फुटबलमा १६ खेलाडी, डोटा टू र भ्यालोरेन्टमा ३-३ टिम तथा मोबाइल लेजण्ड्समा २ टिम प्रतिस्पर्धा गर्नेछन् । यसैगरी कस प्लेमा भने फेसन सो शैलीमा स्टेजमा डेमो देखाउनेछन् ।
च्याम्पियनसिपको कुल पुरस्कार राशी २५ लाख रहेको छ । जसबाट ६ विधाको विजेता तथा उपविजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरिनेछ । हरेक इभेन्टको पुरस्कार राशी फरक हुनेछ ।
जसमा पब्जी मोबाइल सबैभन्दा चर्चित विधाको रुपमा छ र यसमा कूल १० लाख १० हजार पुरस्कार राशी राखिएको छ । जसमा विजेताले नगद २ लाख ५० हजार पाउनेछन् । यस्तै दोस्रोले १ लाख ८० हजार तथा तेस्रोले १ लाख २० हजार पाउनेछन् भने अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने १६ वटै टिमले नगद पुरस्कार पाउनेछन् । यस विधामा एमभीपीले पनि नगद पुरस्कार पाउनेछन् ।
यस्तै मोबाइल लेजेण्ड्समा ५ लाख २० हजार पुरस्कार राशी रहेको छ । जसमा विजेताले १ लाख ८२ हजार हात पार्नेछन् भने उपविजेताले १ लाख ४ हजार पाउनेछन् । यसमा शीर्ष ८ मा रहनेले नगद पुरस्कार प्राप्त गर्नेछन् । यस विधामा पनि एमभीपीले नगद पुरस्कार पाउनेछन् ।
भ्यालोरेन्टमा ३ लाख, ई-फुटबलमा २ लाख १० हजार, डोटा टु मा २ लाख र कस प्लेमा १ लाख ५० हजार पुरस्कार राशी रहेको आयोजकले जनाएको छ ।
भ्यालोरेन्ट र डोटा टु को विजेताले समान १ लाख ५ हजार हात पार्नेछन् भने इफुटबलमा विजेताले ९० हजार र कस प्ले विजेताले ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
भ्यालोरेन्ट र डोटा टु मा पनि शीर्ष ८ मा रहनेले नगद पुरस्कार पाउनेछन् भने इ फुटबल र कसप्लेमामा शीर्ष चारमा रहनेले नगद पुरस्कार पाउनेछन् । मोस्ट पपुलर कसप्लेअरले पनि नगद पुरस्कार पाउनेछन् ।
 
                    










 २०८१ फागुन  ६ गते १३:०१
                        २०८१ फागुन  ६ गते १३:०१                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4