+

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपालको विजयी सुरुवात, किर्गिस्तान १–० ले पराजित

२०८१ फागुन  ५ गते २०:०० २०८१ फागुन ५ गते २०:००

मैदानको दायाँ भागबाट सविता रानामगरको उपलब्ध गराएको उत्कृष्ट क्रसमा विमला चौधरीले गरेको उत्कृष्ट हेडर गोल खेलको निर्णायक सावित भयो ।

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपालको विजयी सुरुवात, किर्गिस्तान १–० ले पराजित

५ फागुन, काठमाडौं । सोमबारदेखि सुरू अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपालले सुखद सुरुवात गरेको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई १–० गोलले पराजित गर्‍यो ।

११औं मिनेटमा विमला चौधरीले गरेको एक मात्र गोल खेलको निर्णायक गोल सावित भयो ।

मैदानको दायाँ भागबाट सविता रानामगरको उपलब्ध गराएको उत्कृष्ट क्रसमा त्यस्तै उत्कृष्ट हेडर गोल गर्दै विमलाले नेपाललाई खेलमा अग्रता दिलाएकी थिइन् ।

खेल अवधिभर किर्गिस्तानलाई दबाबमा राखेको नेपालले त्यसपछि भने गोल थप्न सकेन । कम्तीमा आधादर्जनपटक गोलको नजिक पुगेर पनि नेपाली स्ट्राइकर बललाई जाली चुमाउन चुके ।

यो जितसँगै नेपालले स्पष्ट तीन अंक हासिल गरेको छ । यसअघि आज दिउँसो भएको खेलमा म्यानमारले लेबनानलाई ३–१ ले हराउँदै विजयी सुरूवात गरेको थियो ।

 

अन्तर्राष्ट्रिय महिला च्याम्पियन्सीप विमला चौधरी सविता रानामगर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय