+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

माओवादी केन्द्रले लेख्न थाल्यो ‘कोशी’

हरि अधिकारी हरि अधिकारी
२०८१ फागुन ५ गते २१:३०

५ फागुन, विराटनगर । नेकपा (माओवादी केन्द्र) ले ‘कोशी’ प्रदेश लेख्न थालेको छ । सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश समितिले १ नम्बर प्रदेश र कोशी दुवै लेखेको हो ।

२०७९ फागुन १७ गते प्रदेशसभामा मतदान हुँदा माओवादी केन्द्रले कोशीको पक्षमा मतदान गरेको थियो । त्यसको एक महिनापछि आत्मालोचनासहित पुनःपहिचानको पक्षमा उभिने निर्णय गरेको थियो । त्यसपछि माओवादी केन्द्रले आफ्नो पार्टीको ब्यानर र बोर्डमा प्रदेशको नाम कोशी लेखेन, १ नम्बर प्रदेश नै लेख्यो ।

३ फाुगनमा आयोजित कोशी प्रदेशको प्रदेश परिषद् बैठकमा पनि १ नम्बर प्रदेश नै लेखेको थियो । बैठकको निर्णय सार्वजनिक गर्न सोमबार आयोजना गरेको पत्रकार सम्मेलनको ब्यानरमा भने ‘१ न.(कोशी) प्रदेश समिति’ लेखेको हो ।

ब्यानरमा कोशी प्रदेश लेखेपनि कोशी स्वीकार गर्ने निर्णय गरिसकेको छैन । कार्यालयले ब्यानर बनाउँदा कोशी पनि लेखेका कारण सोही ब्यानर राखिएको नेकपा माओवादी केन्द्र कोशीका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले बताए ।

उनका अनुसार पार्टीले पहिचानको पक्षमा उभिने निर्णय पहिले नै गरिसकेको छ । पछिल्लो समय कोशी लेख्ने कि नलेख्ने भन्ने विषयमा छलफल जारी छ ।

‘पहिचानको विषयमा हाम्रो पार्टीको अडान छँदै छ,’ उनले भने, ‘नामाङ्कनका विषयमा हाम्रो कमजोरी स्वीकार गरिसकेका छौं, अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफलमा छौं, कोशी स्वीकार गरेको होइन ।’

नेकपा माओवादी केन्द्रले कोशीको नाम संशोधन गरी पहिचानको आधारमा राख्नुपर्ने बताउँदै आएको छ । साना दल र पहिचानवादी मोर्चाले गरेको आन्दोलनमा माओवादी केन्द्र सहभागी भइरहेको छ ।

मंगलबार माओवादी केन्द्र कोशी प्रदेशको प्रदेश परिषद् बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशको नाममा थप छलफल आवश्यक रहेको बताएका थिए । प्रदेशसभाले कोशी नाम राखेको र पार्टीले पहिचानको पक्षमा उभिने निर्णय गरिसकेको उल्लेख गर्दै प्रचण्डले थप छलफल गरेर अघि बढ्ने बताएको बैठकमा सहभागी एक नेताले बताए ।

फागुन १२ गतेबाट अभियान

नेकपा (माओवादी केन्द्र)ले फागुन १२ गते सोमबारबाट ‘जनतासँग माओवादी,तराई–मधेश जनजनगरण अभियान’ सुरु गर्दैछ । पार्टीलाई २०६४ सालकै हैसियतमा फर्काउने लक्ष्यसहित माओवादी केन्द्रले अभियान सुरु गर्न लागेको हो ।

हुलाकी राजमार्ग केन्द्रीत अभियान १२ गते झापाको कचनकबलबाट सुरु भई कञ्चनपुरमा पुगेर समापन हुनेछ ।

हुलाकी राजमार्गले छुने कोशी प्रदेशका तीन जिल्ला (झापा, मोरङ र सुनसरी) मा आयोजना हुने कार्यक्रममा अध्यक्ष प्रचण्डसहित पार्टीका पदाधिकारी सहभागी हुनेछन् । माओवादी केन्द्र कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) का अनुसार फागुन १२ गते झापाको कचनकवल गाउँपालिकाको बनियानीबाट अभियानको उद्घाटन हुनेछ । बाह्रदशी गाउँपालिका र झापा गागाउँपालिकामा भेटघाट हुनेछ ।

फागुन १३ गते मोरङको रतुवामाई नगरपालिकाको आमवाडी चौक, कानेपोखरी गाउँपालिकाको रमाइलो चोक, धनपालथान गाउँपालिकाको कर्सिया र विराटनगरमा भेटघाट, जनअन्तरक्रिया तथा सभा हुनेछ ।

फागुन १४ गते सुनसरीको बर्जु गाउँपालिकाको चिमडी, गढी गाउँपालिकाको हरिनगरा, लौकही र इनरुवामा भेटघाट, जनअन्तरक्रिया तथा सभा हुनेछ ।

फागुन महिनाभरी हुलाकी राजमार्ग केन्द्रीत प्रदेशस्तरीय अभियान संचालन गर्ने उनले बताए । अभियानका क्रममा पाँच हजार जनालाई पार्टी प्रवेश गराउने लक्ष्य राखिएको उनले बताए ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?