+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

भक्तपुरको चाँगुनारायणमा १९ वर्षीय युवक मृत फेला

मंगलबार दिउँसो ३ बजेसम्म पनि नउठेपछि बादल उनलाई बोलाउन जाँदा अचेत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ६ गते १८:०४

६ फागुन, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका– ४ खोरिया भन्ने ठाउँमा एक युवकको शव फेला परेको छ । १९ वर्षीय निरोज लामाको शव फेला परेको प्रहरीले जनाएको छ ।

चाँगुनारायण–४ स्थित २१ वर्षीय बादल तामाङको घरमा उनको शव फेला परेको हो । निरोज र बादल साथी हुन् ।

प्रहरीका अनुसार निरोज गएराति बादलको घरमा गएका थिए । उनीहरू छुट्टाछुट्टै कोठामा सुतेको प्रहरीको भनाइ छ ।

मंगलबार दिउँसो ३ बजेसम्म पनि नउठेपछि बादल उनलाई बोलाउन जाँदा अचेत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।

प्रहरीको टोली घटनास्थलमा पुग्दा निरोज मृत भेटिएका थिए । यस घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?