+
+
Shares

‘ताण्डवम्’ले प्रदर्शन अनुमति पाएन, भएको के हो ?

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ७ गते १२:१६

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले हिंसात्मक दृश्यमा आपत्ति जनाउँदै फिल्म ‘ताण्डवम्’लाई प्रदर्शन अनुमति दिन अस्वीकार गरेको छ । मंगलबार बेलुका यो फिल्म जाँच गरिएको थियो ।

निर्देशक जुनिम गहतराजले फिल्ममा समावेश ‘ब्रुटल’ दृश्यको कारण फिल्म रोकिएको बताए । ‘उहाँहरूले त्यस्ता दृश्य काटेर ल्याउन भन्नुभएको छ । यसो गर्दा फिल्मको कथावस्तुको मर्म र प्रवाह बिग्रन्छ’ गहतराजले अनलाइनखबरसँग भने ।

दृश्य नकाटिकनै एडल्ट सर्टिफिकेट माग्दा समेत सेन्सर बोर्डले नदिएको उनले बताए । ‘विदेशी फिल्ममा धेरै ब्रुटल दृश्य हुन्छन् र दृश्य नकाटिकन एडल्ट सर्टिफिकेट दिने गरिएको छ’ उनले भने ।

रनटाइम २ घण्टा १ मिनेट छ । बोर्डले हिंसात्मक भनेका दृश्यलाई काटेर पुनः सेन्सरका लागि आवेदन दिने उनले बताए । ‘ब्रुटल दृश्य एक ढिक्का नभएर फिल्मभित्र पार्ट पार्ट गरेर राखिएको छ’ निर्देशक गहतराजले भने, ‘यसो गरेर काट्दा धेरै काट्नुपर्छ र मर्म पनि बिग्रन्छ ।’

सेन्सर बोर्डले फिल्म रोकेपछि बुधबार हुने भनिएको फिल्मको प्रिमियर समारोह रोकिएको छ । ‘ताण्डवम्’ महाशिवरात्री छेकोमा फागुन ९ गते प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?