७ फागुन, काठमाडौं । नेपाल बुद्धिचाल महासंघको सहआयोजनामा सञ्चालन भइरहेको प्रथम विदुर मेयर कप खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगितामा एघारौं बोर्डमा स्पर्धा गरेकी कम रेटेड बिनिताले आफू भन्दा उच्च रेटेड खेलाडी हर्कबहादुर चोङ्वाङलाई पराजित गर्दै अप्रत्याशित नजिता निकालेकी छिन्।
प्रतियोगितामा दुई भारतीय खेलाडी आशुतोष कुमार र मोहित कुमार सोनी ३ दशमलव ५ अंक बनाउँदै अग्रता हासिल गर्न सफल भएका छन्।
प्रतियोगितामा चार चरणको खेल सम्पन्न हुँदा ४ नेपाली खेलाडी एफएम रूपेश जैसवाल, एफएम क्षितिज भण्डारी, पुरुषोत्तम सिलवाल, आशिष फूँयाल, सुशील चौधरी र बद्रीलाल नेपाली समान अंक जोडेर संयुक्त रुपमा अगाडि रहेका छन्।
नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजनामा चलिरहेको अन्तर्राष्ट्रिय चेस खेलमा नेपालका वोमन नेशनल बी विजेता बिनिता कपालीले ३ अंक जोड्दै दोस्रो स्थानमा रहेकी छिन्।
बिनितासँगै भारतका विनायक सिंह यादव, नेपालका सिएम शुश्रुत दहाल, धिरेन राई, राजन पुरी, जनक राज जोशी र कमल श्रेष्ठले दोस्रो स्थानमा रहँदै खेल जारी राखेका छन्।
प्रतिस्पर्धामा अन्य १४ जना खेलाडी समान २ दशमलव ५ अंकका साथ संयुक्त तेस्रो स्थानमा छन्। ७४ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सहभागी रहेको खेलमा अन्य खेलाडीहरु क्लासिकल विधाको चेस खेललाई निरन्तरता दिइरहेका छन्।
प्रतिक्रिया 4