+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
७१ बलमा ३७ रन आवश्यक
विराटनगर किंग्स 2025
111/1 (8.1)
Shares

ओलीबारे माधवको टिप्पणी : संविधान मिच्न बानी परेकाहरू कानुन मिच्न पनि अग्रसर छन्

शुक्रबार पार्टी केन्द्रीय कमिटिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘संविधानलाई मिच्ने बानी परिसकेका व्यक्तिहरू कानुन मिच्न पनि त्यत्ति नै अग्रसर भएका छन् ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ९ गते १३:३४
फाइल तस्वीर

९ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेस–नेकपा एमाले नेतृत्वको सरकारले बहुदलीय लोकतन्त्रलाई चुनौती दिंदै दुई दलीय शासन व्यवस्था अघि बढाउन खोजेको आरोप लगाएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कमिटिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘संविधानलाई मिच्ने बानी परिसकेका व्यक्तिहरू कानुन मिच्न पनि त्यत्ति नै अग्रसर भएका छन् ।’

साना र प्रतिस्पर्धी दलहरूलाई समाप्त पारेर सिंगो देशमा तानाशाही लागु गर्ने कुचेष्टा भइरहेको उनको भनाइ छ ।

‘संसदको नियम र नियमावलीलाई मिच्नेदेखि लिएर विधि विधानलाई बेवास्ता गर्ने काम गरिरहको छन् र आफ्ना आलोचक कोही छन् भने तिनीहरूको घाँटी निमोठ्ने काममा अग्रसर भइरहेका छन् ।’

दुई दलीय शासन एकदलीय तानाशाही सोच भएको अध्यक्ष नेपालले बताए ।

‘हाम्रो देशमा अहिले जुन सरकारले शासन गरिरहेको छ त्यो बहुदलीय लोकतन्त्रको मान्यतालाई चुनौती दिँदै दुई दलीय शासन व्यवस्थालाई अघि बढाउन खोजिरहेको छ,’ उनले भने, ‘दुई दलीयको नाममा एकदलीय तानाशाही लाग्ने सोचभन्दा त्यो भिन्न कुरा छैन ।’

वर्तमान सरकारलाई देश र जनताको समस्याप्रति कुनै चासो नरहेको उनको टिप्पणी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?