+

यी हुन् एनएसएल अक्सनमा सर्वाधिक बोली लागेका ८ खेलाडी

२०८१ फागुन  १० गते १५:४८ २०८१ फागुन १० गते १५:४८
यी हुन् एनएसएल अक्सनमा सर्वाधिक बोली लागेका ८ खेलाडी

१० फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको मिनी अक्सनमा  ८ खेलाडीलाई सबैभन्दा अधिकतम बोली लागेको छ ।

क्याटेगोरी ए मा रहेका खेलाडीहरु मणि कुमार लामा, दिनेश हेन्जन, पासाङ लामा, आशिष गुरुङ, अभिषेक लिम्बु, जिलेस्पीजंग कार्की, सुमित श्रेष्ठ र सन्तोष खत्री सबैभन्दा महँगो रुकम ४ लाखमा सोल्ड भएका हुन् ।

यसमध्ये पासाङ लामा बाहेक सबै खेलाडीलाई एक भन्दा बढी फ्रेन्चाइजल

बिड गरेका थिए ।

यस मध्ये काठमाडौंले लक्की ड्र बाट दिनेश र जिलेस्पीजंगलाई पाउन सफल भयो भने चितवनले अभिषेक र सुमितलाई पायो । यस्तै मणि ललितपुर, आशिष झापाले लक्की ड्र बाट पायो । पासाङका लागि भने धनगढीले मात्र अधिकतम ४ लाख बिड गरेको थियो ।

क्याटेगोरी ए मा रहेका खेलाडीको बेस प्राइस २ लाख र अधिकतम ४ लाखसम्म थियो । त्यसमा यी खेलाडीलाई अधिकतम बोली लागेको थियो ।

क्याटेगोरी ए मा रहेका भरत खवास, विकेश कुथु, दिप कार्की र विशाल सुनार तथा क्याटेगोरी बी मा रहेका नवयुग श्रेष्ठ भने सुरुवाती चरणमा अनसोल्ड रहे । क्याटेगोरी ए बाट पहिलो चरणमा ११ खेलाडी सोल्ड हुँदा ८ खेलाडीले अधिकतम मूल्य पाए । क्याटेगोरी ए बाट सोल्ड हुने अन्य खेलाडीमा विवेक पौडेल, सुरज ज्यु ठकुरी र प्रदिप लामा रहे ।

क्याटेगोरी बी मा रहेका खेलाडीको बेस प्राइज १ लाख ५० हजार र अधिकतम मूल्य २ लाख थियो ।

यस्तै क्याटेगोरी ए मा केही अनुभवी खेलाडीहरु भने सुरुमा अनसोल्ड भए । त्यसमा पनि गोलकिपरहरु विकेश कुथु, विशाल सुनार, दिप कार्की जस्ता गोलकिपरलाई कसैले बोली लगाएनन् । यसैगरी भरत अवास, नवयुग श्रेष्ठ जस्ता खेलाडी पनि सुरुमा अनसोल्ड भए ।

अक्सनपछि कस्तो देखियो टिम?

काठमाडौं रेजर्स

मार्की प्लेअर : रोहन कार्की

रिटेन : दिपेश गुरुङ, कुलदिप कार्की, अभिषेक बराल

अक्सन:

क्याटेगोरी ए  :  दिनेश हेन्जन, जिलेस्पी जंग कार्की

क्याटेगोरी बी :  आशिष चापागाईँ, कमल श्रेष्ठ, दिवाकर चौधरी, अन्जल महर्जन

 

पोखरा थण्डर्स

मार्की प्लेअर :  समिर तामाङ

रिटेन : आयुष घलान, पदम भट्टराई, नरेन्द्र चौधरी

अक्सन:

क्याटेगोरी ए  :  सुरज ज्यु ठकुरी

क्याटेगोरी बी :  राम थापा, चन्दन दास, विशाल तामाङ, कृशल मोक्तान, एकराज बुढाथोकी

 

धनगढी एफसी

मार्की प्लेअर : कृतिश रत्न छुन्जु

रिटेन : देवेन्द्र तामाङ, रनदिप पौडेल, रामचन्द्र वाजी

अक्सन:

क्याटेगोरी ए  :  पासाङ लामा, विवेक पौडेल

क्याटेगोरी बी :  जर्ज प्रिन्स कार्की, प्रशान्त लक्षम, अशोक खवास

 

एफसी चितवन

मार्की प्लेअर : अन्जन विष्ट

रिटेन : विशाल श्रेष्ठ, छिरिङ गुरुङ, रोशन राना मगर

अक्सन:

क्याटेगोरी ए  :  अभिषेक लिम्बु, सुमित श्रेष्ठ

क्याटेगोरी बी :  मिलन राई, शिशिर लेखी, जय गुरुङ

 

बुटवल लुम्बिनी एफसी

मार्की प्लेअर : मनिष डाँगी

रिटेन : एरिक विष्ट, सरोज तामाङ, निराजन धामी

अक्सन:

क्याटेगोरी ए  :  प्रदिप लामा

क्याटेगोरी बी  :  फत्तेमान घले, विमल पाण्डे, टिकेन्द्र थापा

 

ललितपुर सिटी एफसी

मार्की प्लेअर : अनन्त तामाङ

रिटेन : सनिश श्रेष्ठ, आदित्य शाक्य

अक्सन:

क्याटेगोरी ए  :  मणि कुमार लामा, सन्तोष खत्री

क्याटेगोरी बी : सुदिप गुरुङ ,  योगेश गुरुङ, नविन लामा, अभिषेक वाइवा, समित श्रेष्ठ

 

झापा एफसी

मार्की प्लेअर : घोषणा हुन बाँकी

रिटेन : छिरिङ लामा

अक्सन:

क्याटेगोरी ए  : आशिष गुरुङ

क्याटेगोरी बी :  अभिनाश स्याङ्गता, दिपेश धिमाल, अन्जल श्रेष्ठ, रोशन पहारी, दिपेन्द्र विक

 

****************

अनसोल्ड भएका खेलाडीहरु

नवयुग श्रेष्ठ फरवार्ड

विकेश कुथु किपर

जियारथ शेख किपर

उज्वल राई फरवार्ड

राजिव लोप्चन फरवार्ड

निर्मल बल डिफेण्डर

हरि कार्की मिडफिल्डर

लक्षु थापा मिडफिल्डर

भरत खवास फरवार्ड

युवराज खड्का फरवार्ड

सन्दिप कार्की मिडफिल्डर

विक्रम तामाङ डिफेण्डर

सत्रुघन चौधरी किपर

रेजिन सुब्बा मिडफिल्डर

राजेश परियार फरवार्ड

पुजन होना किपर

निरज चौधरी मिडफिल्डर

अनिल भोम्जन मिडफिल्डर

दिप कार्की किपर

विशाल सुनार किपर

आशिष राई मिडफिल्डर

एनएसएल अक्सन
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय