+

केपी ओली कप फुटबलको तेस्रो संस्करण भोलिदेखि, ९ टिमले भाग लिंदै

२०८१ फागुन  १० गते १९:२९ २०८१ फागुन १० गते १९:२९

प्रतियोगितामा ६ वटा ए डिभिजन क्लब, दुई विदेशी तथा एक आयोजक क्लब गरी ९ टिमले प्रतियोगितामा भाग लिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

केपी ओली कप फुटबलको तेस्रो संस्करण भोलिदेखि, ९ टिमले भाग लिंदै

१० फागुन, काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण भोलिदेखि सुरु हुँदैछ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुन लागेको प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र दशरथ रंगशालामा हुनेछन् ।

आयोजक युवा संघले शनिबार पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको केपी ओली कप भोलि ११ देखि १९ फागुनसम्म हुने जानकारी दिएको हो ।

प्रतियोगितामा ए डिभिजन क्लब र विदेशी क्लब गरी ९ टोलीको सहभागिता हुने युवा संघले जनाएको छ । ६ वटा ए डिभिजन क्लब, दुई विदेशी तथा एक आयोजक क्लब गरी ९ टिमले प्रतियोगितामा भाग लिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

आयोजकले जनाएअनुसार एपीएफ एफसी, ब्ल्याक बुल्स एफसी, संकटा क्लब, त्रिभुवन आर्मी एफसी, नेपाल पुलिस क्लब, केपी एफसी, न्युरोड टिम, मच्छिन्द्र एफ र एफसी ट्रान्सपोर्ट युनाइटेड सहभागी हुँदैछन् ।

प्रतियोगिताको क्वार्टरफाइनलसम्मका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा र सेमिफाइनल तथा फाइनल खेल दशरथ रंगशालामा खेलाइने आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले जानकारी दिए ।

केपी ओली कपमा विश्वकै ख्याती प्राप्त खेलाडीलाई ल्याएर इन्डोर्समेन्ट गर्ने युवा संङका अध्यक्ष थेबेले बताए ।

प्रतियोगिताको विजेताले नगद १५ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ५ लाख हात पार्नेछ । यसैगरी उत्कृष्ट खेलाडीले नगद १ लाख, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई समान ५० हजार तथा उत्कृष्ट उदीयमान खेलाडीलाई पनि ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

हरेक खेलको विजेता टिमलाई २५ हजार र हरेक खेलको प्लेयर अफ दि म्याचलाई १५ हजार प्रदान गरिनेछ ।

खेलकुद क्षेत्रमा ‘समस्या हैन, सम्भावना छ’ भन्ने कुरालाई उजागर गर्दै युवा संघले दुई वर्ष अगाडिदेखि केपी ओली कप फुटबल सुरु गरेको थियो । यसअघि भएका दुवै संस्करणको उपाधि मच्छिन्द्र एफसीले जितेको थियो ।

केपी ‌ओली कप फुटबल राष्ट्रिय युवा संघ नेपाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय