११ फागुन, काठमाडौं । नेपालले दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा आइतबार २ कांस्य जितेको छ ।
पाकिस्तानको इस्लामाबादस्थित फतिमा जिन्ना पार्कमा भएको प्रतियोगितामा नेपालले व्यक्तिगत र टिम स्पर्धामा समान १–१ कांस्य जितेको नेपाल एथलेटिक्स संघले जनाएको छ ।
प्रतियोगिताको सिनियर पुरुषमा नेपालका सुशिलकुमार शाहीले कांस्य जिते । उनले निर्धारित १० किलोमिटर दूरी ३२ मिनेट ०९.१० सेकेन्डमा पूरा गरे । यो स्पर्धामा नेपालबाट २ खेलाडी सहभागी थिए । सञ्जय श्रेष्ठ ३३ मिनेट ०७.२२ सेकेन्डमा छैटौं स्थानमा रहे ।
टिम स्पर्धाको जुनियरमा कांस्य जितेको बादल कार्की, अजय विक र कृष्णबहादुर परियार सम्मिलित टोलीले २७ अंक जोड्यो । जुनियरमा ८ किलोमिटर दूरीमा प्रतिस्पर्धा भएको थियो ।
 
                    










 २०८१ फागुन  ११ गते २२:५३
                        २०८१ फागुन  ११ गते २२:५३                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4