+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

स्वास्थ्यमन्त्री लाचार देख्दा दुःख लाग्यो : तोसिमा कार्की

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १२ गते १३:५०

१२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा.तोसिमा कार्कीले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिताबारे सरकारको ध्यानाकर्षण गरेकी छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले स्वास्थ्यमन्त्री प्रदीप पौडेलले ‘स्वास्थ्य बीमाको रकम भुक्तानी गर्न सकिएन, बजेट पुगेन’ भनेको स्मरण गरिन ।

‘जनसंख्या बीमाको रकम पाँच लखा पुर्‍याउँछु भन्ने महत्त्वकांक्षी सपना बाँड्नुहुने स्वास्थ्यमन्त्रीज्युबाट नै अब यो भुक्तानी गर्न सकिएन, बजेट पुगेन, स्वास्थ्य बीमा बन्द हुन लाग्यो भन्ने लाचार भएर दिनुभएको अभिव्यक्ति सुन्दा दुःख लागेको छ,’ उनले भनिन् ।

चल्ने बेलामा हामीले यस्तो कार्यक्रम ल्यायौं भनेर जस लिने तर समस्या पर्न थालेपछि अलपत्र छाडिदिने प्रवृति उचित नरहेको उनले बताइन् । ‘चल्ने बेलामा हामीले ल्यायौं भनेर जस लिन खोज्ने अनि यसलाई अलपत्र पारेर बषौंसम्म जम्मा २६ देखि २८ प्रतिशतसम्म पहुँच राखेर आजसम्म यो कार्यक्रमलाई धरासायी बनाएपछि हतोत्साहित हुने बानी राम्रो भएन,’ उनले भनिन् ।

सल्लाह र सुझाव दिन आफूहरू तयार रहेको उनले बताइन् । अगाडि भन्छिन्, ‘यदि सल्लाहार छैनन्, उयपुक्त सल्लाह लिन सकिँदैन, यसमा अध्ययन, तथ्याङ्कगत अध्ययन पुग्दैन भने मार्ग प्रशस्त गरिदिनुहोला हामी सल्लाह सुझाव दिन तयार छौं ।’

अनिवार्य स्वास्थय बीमा सबैका लागि सुरु गर्नुपर्ने उनको आग्रह छ । यसको सुरुआत मन्त्री, मन्त्रीको सचिवालय र परिवारबाट सुरुआत गर्नुपर्ने उनको आग्रह छ । यसो गरे स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुने उनको राय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?