+
+
Shares

आम सञ्चार विधेयकमाथि संशोधनको समय खुला

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १३ गते १८:४०

१३ फागुन, काठमाडौं । आम सञ्चार विधेयकमाथि संशोधन प्रस्तावमा लागि समय खुला भएको छ ।

यो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव मंगलबार प्रतिनिधिसभाले स्वीकृत गरेको छ । यो सँगै सांसदहरूका लागि संशोधन प्रस्ताव दर्ता गर्ने ७२ घण्टे समय सुरु भएको हो ।

यो विधेयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा आएको हो ।

राष्ट्रिय सभामा दर्ता हुँदा विधेयकको नाम मिडिया काउन्सिल विधेयक थियो । राष्ट्रिय सभाले मिडिया काउन्सिललाई नेपालीमा रुपान्तरण गरेर आम सञ्चार विधेयक नाम राखेको हो ।

अब यो विधेयकमा सांसदहरूको संशोधन सहित एकीकृत रूपमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?