
१५ फागुन, सुनसरी । विभिन्न पार्टीका केही नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
‘तराई–मधेश जागरण अभियान’को क्रममा बिहीबार एमालेनिकट खेलकुद महासंघ सुनसरीका अध्यक्ष पुष्कर कार्कीलगायतका केही नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सुनसरीको गढी गाउँपालिकामा आयोजित सभामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्कीलगायतलाई स्वागत गरे ।
प्रचण्डको सचिवालयका अनुसार एमाले जिल्ला सदस्य सुकलाल उराव, एकीकृत समाजवादीका रोशन खड्का, तरुण दलका पूर्वजिल्ला उपाध्यक्ष राजीव चौधरी, एमाले गढी गाउँपालिका– ६ का इन्चार्ज चितनारायन खेरवारलगायत माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
प्रतिक्रिया 4