 
																			२२ फागुन, गुल्मी । गुल्मीमा ग्रामीण क्षेत्रका बजारमा अनुगमन गरिएको छ । सदरमुकाम क्षेत्रमा मात्रै बजार अनुगमन गरिंदै आएकोमा पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रका पसलहरु पनि अनुगमन गर्न थालिएको हो ।
गाउँका पसलहरुमा अनुगमन पनि काम हुने र म्याद गुज्रेका सामग्री बिक्री गर्ने गरेको धेरै गुनासो आउन थालेसँगै जिल्लाका विभिन्न संघ–संस्थाको समन्वयमा बजार अनुगमन गरिएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको नेतृत्व चन्द्रको बजार र वामीटक्सार बजार बजार अनुगमन गरिएको छ ।
बजार क्षेत्रमा सञ्चालित किराना पसल, मदिरा पसल, हार्डवयर, औषधि पसल, कपडा पसल तथा होटेलहरुमा अनुगमन गरिएको थियो ।
कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले बताए ।
२ दिनसम्म गरिएको बजार अनुगमनमा १३६ वटा पसलमा अनुगमन भएको छ । अनुगमनको क्रममा केही पसललाई सुधारको लागी लिखित निर्देशन दिदै आगामी दिनमा सुधार नदेखिएमा जरिवाना गर्ने गरी सचेत गराइएको अर्यालले बताए ।
अनुगमनका क्रममा केही व्यापारीहरुले व्यवसायी दर्ता, नवीकरण, मूल्य सूची र बिलजस्ता कुराहरु लागू नगरेको पाइएको थियो । त्यस्ता व्यवसायीहरुलाई प्रचलित कानुनले निर्धारण गरेका आवश्यक कागजात चुस्तदुरुस्त राख्न र आवश्यक सुधारका लागि सुझाव दिइएको छ ।
त्यस्तै उपभोक्ता हित संरक्षणको लागि सचेत गराउँदै सुधारका लागि सुझाव सहित आवश्यक लिखित निर्देशन दिईएको अर्यालले बताए । अनुगमनको क्रममा १ लाख २८ हजार बराबरको म्याद गुज्रेका सामाग्री बरामद गरेर नष्ट गरिएको थियो ।
घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय गुल्मी, भेटेनरी कार्यालय गुल्मी, जिल्ला स्वास्थ्य कार्यालय गुल्मी, कृषि ज्ञान केन्द्र गुल्मी, उद्योग वाणिज्य संघ शाखा कार्यलायहरू, पत्रकारको सहभागितामा बजार अनुगमन कार्यलाई निरन्तर जारी राख्ने कार्यालयले जनाएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4