+
+
Shares
ओटीटी :

धमाधम १ रुपैयाँमा फिल्म देखाउँदै टेलिकम, ‘चिसो मान्छे’ पनि स्ट्रिमिङ गर्ने

स्वस्तिमा खड्का टेलिकमको व्यवसायिक दूतमा नियुक्त भएको केही दिनमै उनको शीर्ष अभिनय रहेको फिल्मलाई स्ट्रिमिङ गर्न लागिएको हो । फिल्मले विदेशबाट ल्याइएको शवलाई सुदुरपश्चिममा पुर्‍याउन पात्रहरूले गर्नुपरेको संघर्षको कथा भन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २२ गते १३:३०

काठमाडौं । नेपाल टेलिकमले आफ्नो एनटीटीभी प्लाटफर्ममा धमाधम १ रुपैयाँमा नेपाली फिल्मको स्ट्रिमिङ गर्न थालेको छ । गतमहिना पहिलोपटक १ रुपैयाँमा प्रदीप खड्का स्टारर ‘प्रेमगीत ३’ लाई देखाएको थियो ।

चैत २ गते शनिबार दर्शकले स्वस्तिमा खड्का स्टारर ‘चिसो मान्छे’ हेर्न पाउने भएका छन् । अभिनेत्री खड्का टेलिकमको व्यवसायिक दूतमा नियुक्त भएको केही दिनमै उनको शीर्ष अभिनय रहेको फिल्मलाई स्ट्रिमिङ गर्न लागिएको हो ।

दीपेन्द्र के खनाल निर्देशित फिल्मले विदेशबाट ल्याइएको शवलाई सुदुरपश्चिममा पुर्‍याउन पात्रहरूले गर्नुपरेको संघर्षको कथा भन्छ । कोभिड लकडाउनको सेटिङमा खिचिएको फिल्मले समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको थियो ।

यो फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनालको शीर्ष भूमिका छ । स्वस्तिमाले सानै उमेरमा विवाह गर्ने सुदुरपश्चिमकी महिलाको भूमिका निर्वाह गरेकी छन् ।

टेलिकमले आफ्नो एनटीटीभी प्लाटफर्ममा कसरी १ रुपैयाँमा फिल्म हेर्न सकिन्छ भन्नेबारेमा समेत सामाजिक संजालबाट जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?