
२५ फागुन, काठमाडौं। थारु पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा सन्तकुमार चौधरी निर्विरोध निर्वाचित भएका छन् ।
संघको शनिबार काठमाडौंमा भएको छेठौं राष्ट्रिय महाधिवेशनबाट चौधरी अध्यक्षमा निर्विरोध निर्वाचि भएका हुन् । यसअघि उनी संघको वरिष्ठ उपाध्यक्ष थिए ।
यस्तै संघको उपाध्यक्षमा जनकराज चौधरी, सवि चौधरी र महिला उपाध्यक्षमा दिप्तीशिखा चौधरी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक श्रवण चौधरीले बताए । । त्यस्तै संघको महासचिवमा हेमन्त चौधरी, सचिवमा सरला चौधरी र कोषाध्यक्षमा कारी महतो निर्वाचित भएका छन् ।
त्यसैगरी संघको सदस्यमा मिनादेवि विश्वास र सम्भुप्रसाद चौधरी निर्वाचित भएका हुन् । शपथपछि बोल्दै नवनिर्वाचित अध्यक्ष चौधरीले थप सदस्य कार्यसमितिको वैठक बसेर मनोनित गर्ने बताए ।
संघलाई चलायमान र त्रियाशील बनाउन विविध कार्यक्रम गर्ने, संघको पहिलो बैठकबाट आगामी कार्ययोजना बनाएर अगाडि बढ्ने उनको प्रतिवद्धता छ ।
प्रतिक्रिया 4