+
+
Shares

आर्यघाटमा सेलाएको राजतन्त्रका भुतहरू बौरिन थाले : सुरेश आलेगमर

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २५ गते १६:०१

२५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुरेश आलेमगरले राजतन्त्रको नाममा भइराखेको गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने ख्याल गर्न सुझाए ।

‘प्रतिगामी तत्वहरु सलबलाइरहेका छन् । २५० वर्ष पुरानो राजतन्त्रलाई आर्यघाटमा सेलाइसकेका थियौं । तर, त्यसका भुतहरु फेरि बौरिएर आएर राजतन्त्रको कुरा गर्दैछन्’ सांसद मगरले भने ।

‘प्रतिगामी तत्वहरु सलबलाइरहेका छन् । २५० वर्ष पुरानो राजतन्त्रलाई आर्यघाटमा सेलाइसकेका थियौं । तर, त्यसका भुतहरु फेरि बौरिएर आएर राजतन्त्रको कुरा गर्दैछन्।’

संसदमा माओवाद केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (नेपा)का सांसदहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिलाई लिएर सरकारको आलोचना गरेका छन् । साथै सरकारलाई व्यवस्था विरोधी आवाज मथ्थर पार्ने कार्य गर्न समेत सुझाएका छन् ।

जनतमा रहेको सुशासन र सार्वजनिक सेवामा रहेको असन्तुष्टिलाई कम गर्ने उपाय अपनाउन र गणतन्त्र विरोधी व्यवहार नियन्त्रण गर्न सुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?