+

एनएसएलका लागि सी क्याटेगोरीको ड्राफ्ट सम्पन्न

२०८१ फागुन  २५ गते १६:४८ २०८१ फागुन २५ गते १६:४८
एनएसएलका लागि सी क्याटेगोरीको ड्राफ्ट सम्पन्न

२५ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको लागि सी क्याटेगोरीको खेलाडी ड्राफ्ट सम्पन्न भएको छ ।

आयोजक नेपाल स्पोर्ट्स एण्ड ईभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले आइतबार सी क्याटेगोरिको खेलाडीको क्लोज डोर ड्राफ्ट गरेको हो । जसमा एनएसएल खेल्ने ७ वटै टिमले ४-४ खेलाडी अनुबन्ध गरेका छन् । पोखरा थण्डर्सले यसअघि नै सी क्याटेगोरीका नरेन चौधरीलाई रिटेन गरेकोले ड्राफ्टबाट ३ खेलाडी मात्र अनुबन्ध गरेको छ ।

क्याटेगोरी सी मा ९४ खेलाडी सर्ट लिस्ट गरिएकोमा २७ खेलाडी ड्राफ्टमार्फत छनोट भएको आयोजकले जनाएको छ । पोखरा थन्डर्स एफसीले ड्राफ्ट अघि एक खेलाडीलाई रिटेन गरिसकेको थियो ।

ड्राफ्टको रोल क्रम अनुसार फ्रेन्चाइजहरुले खेलाडी अनुबन्ध गरेका थिए । पहिलो चरणमा टिमहरूलाई क्रमैसँग छनोट गर्ने अवसर दिइएको थियो भने त्यसपछि चाहिँ स्नेक ढाँचामा खेलाडी छनोट गरिएको थियो ।

यसअनुसार प्रत्येक अल्टरनेट चरणमा छनोटको क्रम उल्टो गरी गरिएको थियो । उदाहरणका लागि, पहिलो र तेस्रो चरणमा टिम १ देखि टिम ७ सम्म चयन गर्ने क्रममा थियो भने दोस्रो र चौथो चरणमा टिम ७ बाट टिम १ सम्मको क्रम अपनाइएको थियो ।

क्याटेगोरी ए र बी को यसअघि नै अक्सन सम्पन्न भएसकेको छ । अक्सन र ड्राफ्टपनि सबै फ्रेन्चाइजले आफ्नो टिमको खाका तयार पारेका छन् । यसअघि मार्की खेलाडी, रिटेन्सन र अक्सनबाट गरेर १० खेलाडी हरेक टिमले अनुबन्ध गरेका थिए । यस्तै फ्रेन्चाइज टिमहरुले विदेशी खेलाडीहरु पनि अनुबन्ध गरिरहेका छन् । यस पटक हरेक टिमले आइकोनिकसहित ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् । जसमा एसियाबाट एक खेलाडी अनिवार्य राख्नुपर्नेछ ।

एनएसएलको तेस्रो संस्करण चैत १६ गतेबाट सुरु हुनेछ ।

नेपाल सुपर लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय