२७ फागुन, काठमाडौं । ललितपुर सिटी एफसीका प्रशिक्षक साइमन ग्रेसन तथा दुई विदेशी खेलाडी नेपाल आइपुगेका छन् । उनीहरू सोमबार बेलुकी नेपाल आइपुगेका हुन।
साइमन युएएफएका प्रो– लाइसेन्स प्रशिक्षक हुन्। साइमनले लामो समय लेस्टर सिटी, ब्ल्याकपुल, एस्टन भिल्ला र ब्ल्याकबर्नबाट व्यवसायीक फुटबल खेलेका थिए। उन्ले सन् १९९६ को इङ्लिस लिग कप जितेका थिए।
प्रशिक्षकको रुपमा ग्रेसनले लिड्स युनाइटेडलाई इंग्लिस लिगको दोस्रो डिभिजन च्याम्यिनसिपमा छनोट गराउनका साथै लिड्स, हर्डसफिल्ड र प्रेस्टन नर्थलाई च्याम्पियनसिपमा उकालेका थिए ।
ग्रेसनले भारतको इन्डियन सुपर लिग (आईएसएल) टोली बेंगलुरु एफसीको प्रशिक्षण सम्हालेका थिए । उनको प्रशिक्षणमा बेंगलुरुले डुरान्ड कप जितेको थियो भने इन्डियन सुपर लिग र सुपर कपको फाइनल खेलेको थियो । इंग्लिस फुटबलका अनुभवी प्रशिक्षकको आगमनले टिमलाई झनै बलियो बनाउने अपेक्षा गरिएको छ ।
नेपाल सुपर लिग (एनएसएल) का लागि ललितपुर सिटी एफसीसँग आबद्ध हुन पाउँदा उनि अत्यन्तै उत्साहित भएको र अहिलेसम्म प्राप्त गरेको अनुभवले ललितपुर सिटी एफसी तथा समग्र नेपाली फुटबलमा महत्वपूर्ण योगदान पुर्याउन चाहेको ग्रेसनले बताएका छन् ।
त्यस्तै ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग खेल्नका लागि प्यालेस्टिनी मिडफिल्डर जोनाथन कान्टिलाना पनि नेपाल आइपुगेका छन् । एसिया र मध्यपूर्वका विभिन्न शीर्ष लिगमा खेलेको अनुभव बटुलिसकेका उनलाई ललितपुरले तेस्रो विदेशी खेलाडीको रूपमा टोलीमा भित्र्याएको हो।
प्यालेस्टाइनको राष्ट्रिय टोलीबाट खेल्दै आएका कान्टिलानाले एसिया र मध्य पूर्वका शीर्ष लिगहरूमा व्यापक अनुभव बटुलेकाले क्लबको मिडफिल्ड शक्तिलाई उल्लेखनीय रूपमा बढाउने क्लबले अपेक्षा राखेको छ ।
त्यसैगरी हाइटीका फरवार्ड केर्भेन्स बेलफोर्ट पनि ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग खेल्नका लागि नेपाल आईपुगेका छन। उनी हिजो बेलुकी नेपाल आईपुगेका हुन। सन् २०१० देखि २०१७ सम्म हाइटीको राष्ट्रिय टोलीमा रहेका उनले १४ गोल गरेका छन्।
बेलफोर्टले अघिल्लो सिजन बंगलादेश प्रिमियर लिग क्लब कालिकट एफसीबाट खेलेका थिए। दबाबको स्थितिमा पनि ट्याकलर गर्न सक्ने क्षमताले उनी ललितपुर सिटी एफसीका लागि महत्वपूर्ण खेलाडी हुनेछन् । ललितपुर सिटी एफसीको मार्की प्लेयरमा अनन्त तामाङ रहेका छन्
 
                    










 २०८१ फागुन  २७ गते १०:४१
                        २०८१ फागुन  २७ गते १०:४१                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4