+
+
Shares

पूर्वराजाको उक्साहट र निर्देशनमा भएका गतिविधि दण्डनीय : एमाले

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २७ गते १३:२६
फाइल तस्वीर

२७ फागुन, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय गरिरहेका गतिविधिहरू दण्डनीय भएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै एमाले मुख्य सचेतक महेश बर्तौलाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने जिकिर गरे ।

पूर्वराजा शाहको निर्देशन र उक्साहटबाट यस्ता गतिविधि भइरहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउँदै दण्डनीय भएको बताए ।

‘पूर्वराजा ज्ञानेन्द्रको नामबाट, उहाँको निर्देशन र उक्साहटबाट संविधान विपरितका कार्य भइरहेका छन् । पञ्चायतकालीन राष्ट्रिय गान गाउने, मुलुकको राष्ट्रिय गान गाउने, अवमूल्यन गर्ने काम भइरहेका छन्,’ बर्तौलाले भने, ‘पूर्वराजा स्वयंले उक्साइरहेका छन् । उनको उपस्थितिमा यी कामहरू भइरहेका छन् ।’

विशेषगरी भारतीय जनता पार्टीका नेतासमेत रहेका उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको ब्यानरसहित र्‍याली भइरहेको भन्दै कानुनी दायरामा ल्याउन उनले आग्रह गरे ।

‘केही र्‍यालीहरूमा विदेशी विशेषगरी भारतीय जनता पार्टीका नेता उत्तरप्रदेशका मुख्यमन्त्रीको ब्यानरसहितको र्‍याली भइरहेको देखिए । यस्ता कार्यलाई कानुनी दायरामा ल्याउन जरुरी छ,’ बर्तौलाले भने ।

संग्राहलयमा थन्किएको राजतन्त्रलाई फेरि पनि हुकुमका माध्यमबाट देश चलाउँछु भन्ने सपना देख्ने वा देख्न लगाउनेहरू सचेत हुनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?