
१ चैत, काठमाडौं । हिउँद तरकारीको मुख्य सिजन हो । सिजनमा प्रशस्त तरकारी हुने हुँदा मूल्य पनि सस्तो हुन्छ । बजारमा तरकारीको थोक भाउ किलोको १० रुपैयाँदेखि सुरु हुन्छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक हेर्दा बन्दा र फर्सी किलोको १० रुपैयाँमा कारोबार भइरहेको छ भने मुला, गाजर, गोलभेँडा, काउली, रायो साग, स्कुस लगायत तरकारी १५ देखि ३० रुपैयाँसम्म छन् ।
तरकारीको मुख्य सिजनमा केही तरकारी भने महँगोमै किनबेच भइरहेका छन् ।
कालीमाटी तरकारी बजारमा शुक्रबार १ सयभन्दा माथि ७ सय रुपैयाँसम्मका तरकारीहरू पनि उपलब्ध छन् ।
कालीमाटी तरकारी बजारमा तिते करेला, भिँन्डी १ सय रुपैयाँ, परवर (लोकल) १ सय १०, परवर (तराई) र सजिवन १ सय ५० र सेलरी १ सय २६ रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै रुख टमाटर १ सय ७५, पार्सले २ सय ७६, डल्ले च्याउ २ सय ८०, राजा च्याउ २ सय ९०, कोइरालो ३ सय ७६ र सिताके च्याउ ७ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।
अहिले महँगा मूल्य तोकिएका तरकारीको सिजन नभएको व्यापारीहरू बताउँछन् । बर्खामा भने यी तरकारी सस्तो हुने गर्छ । अहिले भिन्डी, करेला लगायत तरकारी भारतबाट आयात हुने गरेको छ ।
प्रतिक्रिया 4