१ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो संस्करणको च्याम्पियन काठमाडौं रेजर्ससँग खेल्ने भएको छ ।
आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले शुक्रबार खेलतालिका सार्वजनिक गरेको हो । जस अनुसार चैत १६ गते उद्घाटन खेलमा उपत्यकाका दुई टोली ललितपुर र काठमाडौं भिड्ने भएका हुन् । खेल साँझ ६ बजे सुरु हुनेछ ।
यस्तै चैत १७ गते बुटवल लुम्बिनी एफसी र झापा एफसी, चैत १८ गते एफसी चितवन र पोखरा थण्डर्सबीच खेल हुनेछ । चैत १९ गते धनगढी एफसीले बुटवल लुम्बिनी एफसीसँग खेल्नेछ ।
सिंगल राउण्ड रोविनका आधारमा हुने लिगमा लिग चरणमा २१ खेल हुनेछ । त्यसपछि शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन् । प्लेअफमा क्वालिफायर वान, क्वालिफायर टु, एलिमिनेटरपछि फाइनल खेल हुनेछ ।
लिगमा ललितपुर र काठमाडौंसहित ७ टोलीको सहभागिता छ । फाइनल खेल वैशाख १३ गते हुनेछ । एनएसएलका सबै खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ ।
तीन दिन डबल हेडर हुनेछन् जहाँ दिउँसोका खेलहरू साढे २ बजे र साँझका खेलहरू ६ बजेदेखि हुनेछन् ।
प्रतिक्रिया 4