+

पीएम कप क्रिकेटमा आज पनि दुई खेल हुँदै

२०८१ चैत  २ गते ७:०५ २०८१ चैत २ गते ७:०५
पीएम कप क्रिकेटमा आज पनि दुई खेल हुँदै

२ चैत, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेलहरू हुँदैछन् ।

आज सिदार्थ रंगशालामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश खेल्ने छन् भने देउखुरी क्रिकेट रंगशालामा नेपाल पुलिस क्लब र मधेश प्रदेशबीच खेल हुनेछ । दुवै खेलहरू ९ बजे सुरु हुनेछन् ।

त्रिभुवन आर्मी क्लबले हालसम्म खेलेका तीनवटै खेल जितेको छ भने कोशीले तीनवटै खेलमा हार व्यहोरेको छ । सातौं दिनको खेलसम्म आइपुग्दा कोशी अहिलेसम्मको एकमात्र जितविहीन टोली हो ।

त्यस्तै नेपाल पुलिसले पनि तीन खेल नै जितेको छ भने मधेश प्रदेशले २ खेलमा १ जित निकालेको छ ।

अहिलेसम्म ३ खेलमा ३ खेल जितेका दुई टोलीहरू त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब समान ६ अंकका साथ अंकतालिकामा शीर्ष २ मा छन् । ४-४ अंक भएका एपीएफ र लुम्बिनी प्रदेश क्रमश: तेस्रो र चौथो स्थानमा छन् ।

मधेश, कर्णाली, सुदूरपश्चिम, गण्डकी र बागमती २-२ अंकसहित क्रमश: पाँचौं, छैंटौं, सातौं, आठौं र नवौं स्थानमा छ्न् । अंकविहीन कोशी १०औं स्थानमा छ ।

पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय