+

आईजीपी कप क्रिकेटको उपाधि मधेश प्रदेशलाई

२०८१ चैत  २ गते १८:३१ २०८१ चैत २ गते १८:३१

मुलपानी क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा मधेश प्रदेश प्रहरीले लुम्बिनी प्रदेश प्रहरीलाई १४ रनले पराजित गरेको हो ।

आईजीपी कप क्रिकेटको उपाधि मधेश प्रदेशलाई

२ चैत, काठमाडौं । प्रथम आईजीपी कप क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेश प्रहरीले चुमेको छ ।

मुलपानी क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा मधेश प्रदेश प्रहरीले लुम्बिनी प्रदेश प्रहरीलाई १४ रनले पराजित गरेको हो ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विजयी टिमका खेलाडी तथा अफिसियललाई पदक, प्रमाणपत्र, ट्रफी र नगद पुरस्कार प्रदान गरे । त्यस अवसरमा उनले सुरक्षा निकाय जस्तो शारीरिक र मानसिक रूपमा तन्दुरूस्त रहनुपर्ने संगठनमा खेलकुदको महत्व अझ अधिक रहेको बताए ।

उनले नेपाल प्रहरीका खेलाडीले राष्ट्रको प्रतिनिधित्व गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुने अवसर पाउनु संगठनका निम्ति गौरवको विषय भएको उनले बताए ।

गत २७ फागुनदेखि सुरु भएको प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र सातवटै प्रदेश प्रहरी कार्यालय गरी आठ टोली सहभागी भएका थिए ।

आईजीपी कप क्रिकेट प्रतियोगिता मधेश प्रदेश प्रहरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय