+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
101/4 (15.1)
Shares
फिल्म :

‘डोरी’को ट्रेलर : हाँसो, त्रास र संघर्षको रोचक कथा

आर्थिक बोझ हल्का गर्न जीवनमा जोखिमपूर्ण निर्णय लिने र दुष्चक्रमा फसेको संघर्षशील युवाको कथामा फिल्म आधारित छ । उनका अनुसार फिल्ममा हाँसो, त्रास र संघर्षलाई रोचक तरिकामा प्रस्तुत गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३ गते १४:४०

काठमाडौं । मल्टिस्टारर फिल्म ‘डोरी’को रोचक ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पार्छ ।

ट्रेलर हेर्दामा फिल्मको कथावस्तु पैसा र डोरीको वरिपरि घुमेको देख्न सकिन्छ । यी दुई वस्तु वरपर द्वन्द्व र चरित्रले फन्को मारेका छन् । सामाजिक कथावस्तुलाई थ्रीलर र कमेडी शैलीमा बुनिएको फिल्मको पटकथा लेखन र निर्देशन अरुण लामाले गरेका हुन् ।

फिल्ममा अनुभवी र नवप्रवेशी कलाकारको संयोजन छ । जसमा प्रवीण खतिवडा, शिशिर बाङ्देल, वीरेन्द्रसिंह कुशवाहा, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, राज थापा, नूतन लगायतको अभिनय छ ।

लघु फिल्म र वृत्तचित्र निर्देशन गरिसकेका लामाको यो पहिलो फिचर फिल्म हो । निर्देशक लामाले ‘डोरी’ ले नेपाली फिल्म क्षेत्रमा नयाँ शैलीको कथा प्रस्तुत गर्ने बताए ।

आर्थिक बोझ हल्का गर्न जीवनमा जोखिमपूर्ण निर्णय लिने र दुष्चक्रमा फसेको संघर्षशील युवाको कथामा फिल्म आधारित छ । उनका अनुसार फिल्ममा हाँसो, त्रास र संघर्षलाई रोचक तरिकामा प्रस्तुत गरिएको छ ।

निर्माता दिनेश भट्टराई हुन् । कार्यकारी निर्माताको रूपमा राज थापाले जिम्मेवारी सम्हालेका छन् । सौरभ लामाले फिल्म छायांकन गरेका हुन् । स्क्रिप्ट डाक्टर मनोज पण्डित, मुख्य सहायक निर्देशक दिनेशबहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, कला निर्देशक रोशन दिवाना, स्थल ध्वनि रेकर्डिस्ट किशोर खनाल, सम्पादक मिलन श्रेष्ठ, रङ संयोजक रेनीश फागो छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?