४ चैत, काठमाडौं । सुदूरपश्चिम प्रदेशका बलरले कसिलो बलिङ गरेपछि नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मध्यम योगफल खडा गरेको छ ।
सिदार्थ क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १६० रनमा अलआउट भयो । पुलिसका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ४२ तथा आरिफ शेखले ४० रन बनाए ।
सुदूरपश्चिमका लागि सौर्य श्रेष्ठले १० ओभरमा ४३ रन दिएर ४ विकेट लिए । भोजराज भट्टले ७ ओभरमा ३२ रन दिएर ३ विकेट लिए । शेर मल्लले २ तथा हेमन्त धामीले १ विकेट लिए ।
पुलिस क्लबले हालसम्म चार खेल्दा अपराजित रहेको छ । सुदूरले भने ४ खेलमा १ खेल मात्र जितेको छ ।
प्रतिक्रिया 4