+
+
Shares

लेबननमा नेपाली शान्ति सैनिक फेरबदल

लेबननमा तैनाथ ६५औं डफ्फाको टोलीलाई परिवर्तन गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ४ गते १३:३४

४ चैत, काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ लेबननमा रहेका नेपाली सैनिकको डफ्फा परिवर्तन गरिएको छ ।

लेबननमा तैनाथ ६५औं डफ्फाको टोलीलाई परिवर्तन गरिएको हो ।

लेबननमा प्रमुख सेनानी सुमन सिलवालको नेतृत्वमा ६६औं डफ्फाको १९३ जना टोली पठाइएको छ ।

प्रमुख सेनानी अर्जुन विक्रम थापाको नेतृत्वमा सोही मिसनबाट ६५औँ डफ्फाको १९३ टोली सोमबार स्वदेश फिर्ता भएको छ ।

उक्त मिसनमा नेपाली सेनाबाट डेपुटी फोर्स कमान्डर, सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र एकवटा गण गरी कुल ८७६ जना शान्ति सैनिकहरू कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?