+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
फिल्म :

सृष्टि श्रेष्ठ स्टारर ‘११ः५५’लाई वयस्कले मात्र हेर्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ४ गते १८:१६
फिल्मको एक दृश्यमा सागर खनाल र सृष्टि श्रेष्ठ ।

काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘११ः५५’ले केन्द्रीय चलचित्र जाँच समितिबाट वयस्क (एडल्ट) प्रमाणपत्र पाएको छ ।

समितिले यो कथानक फिल्मलाई २ घण्टा १७ मिनेटको रनटाइम तय गरिदिएको छ । १६ वर्ष उमेर पुरा गरेका दर्शकले मात्र यो फिल्म हेर्न पाउनेछन् । केशव पाण्डेय निर्देशित फिल्म विवाहेत्तर सम्बन्ध र बदलाको कथामा आधारित छ ।

यो फिल्मबाट सागर खनालले अभिनयमा डेब्यु गरेका छन् । लामो समयको प्रतिक्षापछि खनाल ठूलो पर्दामा डेब्यु गर्न पाउँदा उत्साहित छन् । यसका लागि कडा मिहेनत गरेको दाबी उनको छ ।

ओस्कार कलेजमा अभिनय पढेका उनलाई फिल्मको शीर्ष भूमिकामा विश्वास गरेकोमा निर्माताप्रति आभारी छन् । भविष्यमा राम्रा र चुनौतीपूर्र्ण रोलमा काम गर्ने उनको इच्छा छ ।

यो फिल्मबाट डेब्युको दबाब नलिएको उनले बताए । ‘‘मैले आजको दिनसम्म आउन निकै संघर्ष गरेको छु । यो कुराको लागि अलिकति रेडी पनि थिएँ’ उनले भने, ‘डेव्यु तयारीको लागि समय पनि लिए । झ्वाट्टै आइहालेको पनि होइन् । कलेज पढ्नु पर्छ, बुझ्नु पर्छ भनेर पहिलो नै थाहा पाएर तयारी गरेर नै आएकाले पनि आफुले डेव्युको प्रेसर नलिएको हुँ ।’

ओस्कार कलेज पढ्दै गर्दा अभिनय पढाएका महेश त्रिपाठीसँग स्क्रिन सेयर गर्न पाउनु उपलब्धी रहेको उनको धारणा छ । क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मको पटकथा लेखन र निर्देशन केशव पाण्डेले गरेका हुन् ।

अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको नृत्य, देव महर्जनको एक्सन कोरियोग्राफी, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन र मिक्सिङ, प्रद्यम्न मिश्र र रामशरण उप्रेतीको छायांकन, पासाङ दावा शेर्पाको सम्पादन छ ।

विचित फिल्मस् र गुड जब आट्र्सको व्यानरमा निर्माण भएको फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । खनालसहित महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?