+
+
WC Series
पोखरा एभेन्जर्स 2025
74/4 (11.3)
VS
५१ बलमा ९२ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

अदालत पुग्यो महेन्द्र मोरङको स्ववियु निर्वाचन विवाद

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ४ गते २०:४४

४ चैत, विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको स्ववियु निर्वाचनको विवाद उच्च अदालत विराटनगरमा पुगेको छ ।

निर्वाचन समितिले निष्पक्ष काम नगरेको भन्दै स्ववियु सभापतिका स्वतन्त्र उम्मेदवार योगराज दाहालले उच्च अदालत विराटनगरमा रिट दायर गरेका हुन् ।

नेविसंघको इतर पक्षका उम्मेदवार दाहालले आइतबार रिट दायर गरेका थिए । सोमबार सुनुवाई गर्दै न्यायाधीश नरेशकुमार चौधरीको एकल इजलासले अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई बुधबार बोलाएको हो । मंगलबार स्ववियुको नयाँ नेतृत्वका लागि मतदान हुँदैछ ।

दाहालले दायर गरेको रिटमा स्ववियु निर्वाचन समिति, प्रमुख निर्वाचन अधिकृत डा शुशिल अधिकारी, क्याम्पस प्रमुख र नेपाल विद्यार्थी संघ संस्थापन पक्षका उम्मेदवार प्रज्वल विष्टलाई प्रतिवादी बनाइएको छ ।

‘यसमा के कसो भएको हो ? निवेदन मागबमोजिमको आदेश जारी हुनु पर्ने हो होइन् ? हुन नपर्ने भए सोको आधार, कारण र भए लिखित प्रमाणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र आफैं वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत लिखितजवाफ पेश गर्नू,’उच्चले जारी गरेको कारण देखाउ आदेशमा भनिएको छ, ‘निवेदकले माग गरेको अन्तरिम आदेशको हकमा विचार गर्दा दुवै पक्षलाई छलफलमा राखी निष्कर्षमा पुग्न मनासिव देखिन आएकोले मिति २०६८/१२/०६ मा छलफल पेशी तारेख तोकी दिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?