+

टोरिक जेबरिनले एफसी चितवनबाटै एनएसएल खेल्ने

२०८१ चैत  ४ गते २१:३८ २०८१ चैत ४ गते २१:३८
टोरिक जेबरिनले एफसी चितवनबाटै एनएसएल खेल्ने

४ चैत, काठमाडौं । घानाका मिडफिल्डर टोरिक जेबरिनले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजन पनि एफसी चितवनबाटै खेल्ने भएका छन् । चितवनले सोमबार सामाजिक सञ्जालमार्फत जेबरिनलाई अनुबन्ध गरेको जनाएको हो ।

जेबरिनले यसअघि गत वर्ष भएको दोस्रो संस्करण पनि चितवनबाटै खेलेका थिए । त्यसअघि उनले फ्रेण्ड्स क्लबबाट नेपालमै शहीद स्मारक ए डिभिजन लिग खेलेका थिए ।

चितवनले पाँचौं विदेशी खेलाडीको रुपमा टोरिक जेबरिनलाई अनुबन्ध गरेको हो । चितवनले यसअघि अमेरिकन जोनाथन क्याम्पबेल, उज्वेकिस्तानमा नोदरिक माभनोलोभ, जमैकन गोलकिपर अमल नाइट र अमेरिकाकै भिक्टोर मानसारेलाई अनुबन्ध गरिसकेको छ ।

यसअघिका दुई संस्करणमा कमजोर प्रदर्शन गरेको चितवनले यसपटक मार्की प्लेअर देखि प्रशिक्षक परिवर्तन गर्दै नयाँ टिम निर्माण गर्दै उपाधि जित्ने लक्ष्य राखेको छ ।

चितवनले नेपालका लागि संयुक्त रुपमा सर्वाधिक १३ गोल गरेका अन्जन विष्टलाई मार्की प्लेअर चयन गर्दै नविन न्यौपानेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

चितवनले अघिल्लो सिजनका मार्की तथा कप्तान गोलकिपर विशाल श्रेष्ठसहित डिफेण्डर छिरिङ गुरुङ र मिडफिल्डर रोशन राना मगरलाई पनि रिटेन गरेको थियो ।

यस्तै चितवनले अक्सनमा क्याटेगोरी ए का अभिषेक लिम्बु र सुमित श्रेष्ठ तथा क्याटेगोरी बी का शिशिर लेखी, जय गुरुङ, मिलन राई र निरज चौधरीलाई अक्सनबाट लिएको थियो भने क्याटेगोरी सी को ड्राफ्टबाट विवेक गुरुङ, शिशिर चौधरी, विशाल स्याङ्गतान र प्रदिप भण्डारीलाई अनुबन्ध गरेको थियो ।

चितवनले लोकल स्टारको रुपमा रोजल दाहाल र ट्यालेन्ट हन्टबाट रुकी गणेश नेपालीलाई अनुबन्ध गरेको छ ।

टोरिक जेबरिन नेपाल सुपर लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय