५ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को नयाँ सिजन अब केही दिनमै सुरु हुँदै छ । प्रतियोगिता सुरु हुनुअघि सबै १० टिमका कप्तानहरू बिहीबार मुम्बईमा महत्त्वपूर्ण बैठकमा सहभागी हुने भएका छन्।
यो बैठक भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को मुख्यालयमा हुनेछ। कप्तानहरूसँगै टिम म्यानेजरहरूलाई पनि बोलाइएको छ।
व्यवस्थापनद्वारा फ्रेन्चाइजहरूलाई पठाइएका इमेलहरूअनुसार यो बैठक करिब एक घण्टासम्म चल्नेछ, जसमा आउँदो सिजनका नयाँ नियम र परिवर्तनहरूको जानकारी दिइनेछ। बैठकपछि ताज होटलमा प्रायोजकहरूसँगको कार्यक्रम आयोजना गरिनेछ।
समग्रमा कार्यक्रम चार घण्टा लामो हुनेछ जसको अन्त्यमा सबै कप्तानहरूको सामूहिक फोटोसेसन पनि हुनेछ। प्रायः यस्तो बैठक सिजन उद्घाटन हुने सहरमा गरिने भएपनि यस पटक बीसीसीआई कार्यालयमा आयोजना गरिनुका पछाडि केही विशेष कारण हुन सक्छ।
यस सिजनका लागि सबै टोलीले कप्तानहरू घोषणा गरिसकेका छन् । आईपीएल २०२५ को उद्घाटन खेल मार्च २२ मा कोलकाता नाइट राइडर्स र रोयल च्यालर्नजर्स बेंगलुरुबीच हुनेछ।
-क्रिकबजबाट
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
    
    
    
    
    
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4