 
																			६ चैत, काठमाडौं । महाराजगञ्ज मेडिकल क्याम्पसमा नेपाली कांग्रेसनिटक नेपाल विद्यार्थी संघ (नेविसंघ)ले गुमेको बिरासत फर्काएको छ ।
नेविसंघको किल्ला मानिने उक्त क्याम्पसमा पछिल्लो पटक ०७३ र ०७९ मा एमालेनिकट अखिलले जितेको थियो । यसपटक बदला लिंदै नेविसंघले आफ्नो भत्किएको बिरासत फर्काएको छ । सबै पदमा नेविसंघकै उम्मेदवार विजयी भएका छन् ।
सभापतिमा नेविसंघका विवेककुमार यादव विजयी भएका छन् । यादवले ८४१ मत पाए भने अखिलका पंकज गुप्ताले ७०४ मत मात्रै पाए । यहाँ अखिल क्रान्तिकारीका अशोक घर्तीमगरले ३६ र नेपाल जनमत संघका राहुलकुमार यादवले ११ मत पाए ।
यस्तै, सचिवमा यासिका यादव र कोषाध्यक्षमा सागर चौलागाईं विजयी भएका छन् । उनीहरु पनि नेविसंघकै हुन् ।
यो कलेजमा मधेशी समुदायको बाहुल्यता थियो । त्यसैले नेविसंघ र अखिल दुवैले मधेशी समुदायबाटै उम्मेदवार चयन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4