+
+
Shares

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट नहटाए बहिष्कार गर्छु : प्रभु साह

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ७ गते ११:५३

७ चैत, काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम प्रतिनिधिसभाको कार्यसूचीबाट हटाउन आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको कार्यसूचीमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम राखिएको छ ।

तर, यसअघिकै प्रश्नोत्तर कार्यक्रममा आफूले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्रीबाट नआएको भन्दै सांसद साहले यसलाई औचित्यहीन भएको जिकिर गरेका छन् ।

प्रधानमन्त्रीबाट जवाफ नआउनुले सिंगो संसद्, सभामुखको गरिमामा समेत प्रश्न उठेको उनको भनाइ थियो ।

‘आजको कार्यसूचीमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ । सांसदले सोधेको प्रश्नको जवाफ नै नदिएको औचित्यहिन कार्यक्रम कार्यसूचीबाट हटाइयोस् भन्न ध्यानाकषण गर्न चाहन्छु,’ सांसद साहले भनेका छन् ।

नियमावली र प्रावधानप्रति प्रधानमन्त्री ओली उत्तरदायी नभएको जिकिर गर्दै उनले संसद्को कार्यसूचीबाट हटाउन माग गरेका हुन् ।

‘मैले अस्ति सोधेको प्रश्नको जवाफ सम्माननीय प्रधानमन्त्रीले दिनुभएन । यसरी सवाल प्रभु साहको होइन, प्रश्नोत्तर कार्यक्रमको हो । सम्माननीय सभामुखको गरिमाको हो । नियमावली र प्रावधानको हो,’ साहले भने, ‘त्यसप्रति उत्तरदायी सक्नुपर्थ्यो । त्यसैले यो कार्यक्रम कार्यसूचीबाट हटाउन आग्रह गर्छु । यदी हटाइएन भने म बहिष्कार गर्ने जानकारी गराउन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?