+

जिम्बाबेकी कोभेन्ट्री अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको अध्यक्षमा निर्वाचित

२०८१ चैत  ७ गते २१:५७ २०८१ चैत ७ गते २१:५७
जिम्बाबेकी कोभेन्ट्री अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको अध्यक्षमा निर्वाचित

७ चैत, काठमाडौं । जिम्बाबेकी खेलकुदमन्त्री किस्टी कोभेन्ट्री अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) को नयाँ अध्यक्षमा निर्वाचित भएकी छन् ।

दुई ओलम्पिक स्वर्ण पदक जितेकी र ४१ वर्षीया पूर्व पौडीबाज समेत रहेकी कोभेन्ट्रीले अब सन् २०१३ देखि यो पदमा रहेका जर्मन थोमस बाखलाई प्रतिस्थापन गर्नेछिन् । उनी आइओसीको अध्यक्ष पद सम्हाल्ने पहिलो महिला, पहिलो अफ्रिकी र सबैभन्दा कान्छी व्यक्ति बनेकी छन् ।

बिहीबार ग्रीसमा भएको निर्वाचनमा वर्ल्ड एथलेटिक्सका प्रमुख लर्ड को प्रबल दाबेदार थिए, तर कोभेन्ट्रीले पहिलो चरणको मतदानमा नै पूर्ण बहुमत हासिल गरिन् ।

यो चुनाव लामो समयदेखि चलिरहेको प्रतिस्पर्धा थियो। गुप्त मतदानको पहिलो चरणमै नतिजा टुंगिँदा उपस्थित व्यक्तिहरू अचम्ममा परेका थिए।

अन्तर्राष्ट्रिय ओलम्पिक समितिको सदस्यता खेलकुद क्षेत्रका नेताहरू मात्र नभई राजपरिवारका सदस्यहरू, ठूला व्यापारीहरू र हलिवुड कलाकारहरू समेत सामेल रहेका छन्।

यसअघि नै आईओसी कार्यकारी बोर्डमा रहेकी कोभेन्ट्री खेलकुदको सर्वोच्च पदमा पुग्ने १०औं व्यक्ति बनेकी छन् र कम्तीमा आठ वर्षसम्म यो पदमा रहनेछिन् ।

जिम्बाबका आठ ओलम्पिक पदकमध्ये कोभेन्ट्रीले सात पदक जितेकी छन् । जसमा २००४ र २००८ ओलम्पिकमा २०० मिटर ब्याकस्ट्रोकमा जितेको स्वर्ण पदक पनि सामेल छ ।

‘जिम्बाबेमा केही वर्षअघि पौडी सुरु गरेकी सानी केटीले यो क्षणको सपना कहिल्यै देखेकी थिइनन्’ कोभेन्ट्रीले भनिन् । उनले मतदानमा छ जना पुरुष प्रतिस्पर्धीलाई पराजित गरिन् ।

‘म पहिलो महिला आईओसी अध्यक्ष र अफ्रिकाबाट आउने पहिलो व्यक्ति भएकोमा विशेष रूपमा गर्व गर्छु’ उनले भनिन्, ‘मलाई आशा छ । यो मतदानले धेरै मानिसहरुलाई प्रेरणा दिनेछ । आज काँचको बारहरू तोडिएका छन्, र म एक आदर्श व्यक्तिको रूपमा आफ्नो जिम्मेवारीप्रति पूर्ण रूपमा सचेत छु ।’

आईओसी किस्टी कोभेन्ट्री
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय