+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

चलचित्र उद्योगले सम्भावनाको ढोका खोलेको छ : पर्यटनमन्त्री पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ९ गते १८:५५

९ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले चलचित्र उद्योग सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अरु उद्योग जस्तै चलचित्र उद्योग पनि समस्यामा रहेको बताए । यसले समग्रमा देशको अर्थतन्त्रमा नै प्रभाव पारेको जिकिर उनले गरे ।

‘अरु उद्योग र उद्यमीहरू जस्तै यो क्षेत्र पनि मर्कामा छ भन्ने मैले ठानेको छु । अरु उद्योग जस्तै यो मर्कामा छ । मान्छेले खान अनिवार्य छ जसरी पनि खान्छ,’ मन्त्री पाण्डेले भने, ‘लगाउन अनिवार्य छ, जसरी पनि लगाउँछ । यो हेर्ने भनेको मान्छेको अलिकति आर्थिक क्षमताले धान्यो भने, अतिरिक्त खर्च गरौँ भन्ने विचार राख्यो भने हुने हो ।’

अतिरिक्त खर्च गर्ने क्षेत्र चलचित्र भएकाले अहिलेको देशको आर्थिक अवस्था हेरेर पनि चलचित्र क्षेत्र समस्यामा रहेको बुझ्न सकिने उनको भनाइ थियो ।

‘त्यसैले चलचित्रका नचलेको, मानिसहरुको न्युन संख्यामा उपस्थित भएको हामी सुन्छौँ । त्यो समग्रतामा देशको अर्थतन्त्रले सिधा प्रभाव पारिराख्ने क्षेत्र हो । त्यसैले जटिलामा नै छ होला भन्ने अनुमान म गर्छु । त्यसैले यो उद्योगको रुपमा पहिला भन्दा निकै विकसित भएको हो । चलचित्र उद्योगले सम्भावनाको ढोका खोलेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?