+
+
Shares

पाँच दलसँग छलफलमा सभामुख

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १३ गते १३:३२

१३ चैत, काठमाडौँ। सभामुख देवराज घिमिरे विभिन्न ५ राजनीतिका दलका नेताहरूसँग संवादमा छन् ।

प्रतिनिधि सभाको बैठकमा अवरोध भएपछि खुलाउन उनले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेतासँग संवाद गरिरहेका हुन् ।

नयाँ वानेश्वरस्थित सभामुखको कार्यकक्षमा ५ दलका प्रमुख सचेतकहरू छलफलमा छन् ।

बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको थियो । बैठक सुरु भएलगत्तै विपक्षी दलहरूको विरोधका कारण सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेर संवाद सुरु गरेका हुन्

विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाइ हटाएकोबारे प्रधानमन्त्रीको जवाफ मागेका छन् । प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने उनीहरूको अडान छ ।

तर, सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई जवाफ दिनका लागि सूचना दिनुपर्ने भनेर बुधबारको बैठक चलाउने वातावरणका लागि आग्रह गरिरहेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?