+

महिला एसियन कप छनोट : नेपालको पहिलो खेल लाओससँग

२०८१ चैत  १५ गते १२:५० २०८१ चैत १५ गते १२:५०
महिला एसियन कप छनोट : नेपालको पहिलो खेल लाओससँग

१५ चैत, काठमाडौं । एएफसी वुमन्स एसियन कप २०२६ छनोटको पहिलो खेलमा नेपालले लाओससँग खेल्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार छनोटको खेलतालिका सार्वजनिक गरेको हो ।

जसअनुसार समूह एफमा रहेको नेपालले आफ्नो पहिलो खेल जुलन २९ मा लाओससँग खेल्नेछ । यस्तै नेपालले श्रीलंकासँग जुलाई तथा उज्वेकिस्तानसँग जुलाई ५ मा खेल्नेछ । यस समूहको सबै खेल उज्वेकिस्तानमा हुनेछ ।

वुमन्स एसियन कप छनोटमा एसियाका ३४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । उनीहरुलाई ८ समूहमा विभाजन गरिएको छ । छनोट चरणको खेलपछि हरेक समूहको विजेता अर्कव वर्ष अष्ट्रेलियामा हुने एएएफसी वुमन्स एसियन कपमा छनोट हुनेछ । वुमन्स एसियन कपमा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

आयोजक अष्ट्रेलियासहित साविक विजेता चीन, साविक उपविजेता दक्षिण कोरिया र तेस्रो भएको जापान भने सिधै छनोट भइसकेको छ ।

एएफसी महिला एसियन कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय