
१६ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैठकमा प्रहरी नियन्त्रणमा रहेका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणाप्रति नेताहरूले सहानुभूति राखेका छन् ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अहिले केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।
जारी बैठकमा बोल्ने नेताहरूबाट उनीहरूप्रति सहानुभूति प्रकट भएको एक नेताले अनलाइनखबरलाई जानकारी दिए ।
‘दुई साथीहरु प्रहरीको नियन्त्रणमा छन्। उनीहरूप्रति बैठकमा आवेग देखिन्न,’ बैठकमा सहभागी एक नेताले अनलाइनखबरसँग भने, ‘छुटाउन बल गरौं भन्ने धेरैको बोली छ ।’
यदी उनीहरू पक्राउ नपरेको भए पर्याप्त प्रश्नहरू उठ्ने पनि ती नेताले जानकारी दिए । उनका अनुसार राजसंस्थाको लागि गरिने आन्दोलनको ग्रिप राप्रपाबाट फुत्किएको नेताहरूको निष्कर्ष छ ।
प्रतिक्रिया 4