
१७ चैत, काठमाडौं । १५ चैतमा काठमाडौंको तनीकुनेमा भएको हिंसात्मक आन्दोलनका ‘जनकमान्डर’ दुर्गा प्रसाईं समूहका थप तीन जना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको विशेष टोलीले प्रसाईंको नागरिक प्रतिरक्षा बल (पीडीएफ) का संयोजक गोपाल बोहोरा, महासचिव धनवीर न्यौपाने र एटीएफका केन्द्रीय सदस्य अनिल थापालाई पक्राउ गरेको छ ।
उनीहरूलाई तीलगंगा क्षेत्रबाट पक्राउ गरिएको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो ।
प्रहरीले शुक्रबारको हिंसात्मक घटनामा भिडलाई उग्र बनाउन भूमिका खेलेको आरोपमा १०० भन्दा बढीलाई पक्राउ गरेको छ । तीमध्ये आइतबार ४२ जनालाई विभिन्न कसुरमा म्याद थप भएको छ ।
राप्रपा नेता रवीन्द्र मिश्र, धवलशमशेरा राणासहित ११ जनाविरुद्ध राज्यविरुद्धको कसुर र संगठित अपराध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।
शुक्रबारको प्रदर्शनमा २ जनाको मृत्यु र २२ जना घाइते भएका थिए ।
प्रतिक्रिया 4