 
																			१८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो सरकारले जिउँदै छोड्नु नै आफ्नो जित भएको बताएका छन् । वर्तमान सरकारप्रति आक्रोश व्यक्त गरेका लामिछानेले दुईतिहाइको सरकारले जिउँदै छोड्नु नै आफ्नो जित भएको बताएका छन् ।
पाँच महिनापछि पार्टीको बैठकमा सहभागी हुन केन्द्रीय कार्यालय पुगेका लामिछानेले सरकारले झुठा मुद्दा लगाएर आफूलाई सिध्याउन खोजेको बताएका हुन् ।
मेरो परिवार र वलिकलाईसमेत थाहा नदिई दासढुंगाको बाटोबाट मध्यरात मलाई किन लगियो ?’ सरकारको नियत ठिक नभएको भन्दै उनले भने, ‘जुन सुकै परिस्थितिको सामना गर्ने गरी म राजनीतिमा आएको हुँ । त्यसैले हार मान्ने छैन ।’
सोमबारदेखि सभापति पदमा सक्रिय हुन लागेका उनलाई पार्टी कार्यालय पुग्दा नेता कार्यकर्ताले स्वागत गरेका थिए । केन्द्रीय समितिको बैठक सुरु हुनअघि लामिछानेले कार्यालय परिसरमा आफ्ना धारणा राखेका हुन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4