+
एनएसएल :

हिजाजीको दुई गोल, धनगढीको विजयी सुरुवात

२०८१ चैत  १९ गते २०:०६ २०८१ चैत १९ गते २०:०६
हिजाजीको दुई गोल, धनगढीको विजयी सुरुवात

काठमाडौं । लेवाननी फरवार्ड अहमद हिजाजीले दुई गोल गरेपछि साविक उपविजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) २०२५ मा बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा धनगढीका लागि अहमद हिजाजीले दुई गोल गर्दा र कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले एक-एक गोल गरे । बुटवलका लागि केन्टा हाराले एक गोल गरे ।

आजको खेलमा पनि गोल गर्ने मामलामा विदेशी खेलाडी नै हावी भए । चार गोल विदेशी खेलाडीको नाममा रह्यो ।

लेवनानी फरवार्ड हिजाजीले खेलको छैटौं मिनेटमै गोल गगर्दै धनगढीलाई सुरुमै अग्रता दिलाएका थिए । तर ३१औं मिनेटमा बुटवलले बराबरी गोल पर्कायो । जापानी खेलाडी हाराले गोल गर्दै बुटवललाई खेलमा फर्काएका थिए ।

पहिलो हाफ १-१ को बराबरीमा सकिएपछि धनगढीले दोस्रो हाफमा गोल वर्षा गर्‍यो । दोस्रो हाफमा तीन गोल गरेको धनगढीले इन्जुरी टाइममै २ गोल गरेको थियो । मार्की प्लेअर कृतिशले ७५औं मिनेटमा एकल प्रयासमा गोल गर्दै धनगढीलाई पुन: अग्रता दिलाए । धनगढी यतिमै रोकिएन ।

हिजाजीले इन्जुरी टाइमको छैटौं मिनेटमा गोल गर्दै धनगढीलाई ३-१ को अग्रता दिलाए । उनी जारी एनएसएलमा एकै खेलमा २ गोल गर्ने पहिलो खेलाडी समेत बने । यस्तै सर्जियो बार्बोजाले इन्जुरी टाएमको नवौँ मिनेटमा गोल गर्दै धनगढीलाई यस सिजनकै ठूलो जित दिलाए ।

धनगढीले पहिलो खेल जित्दै ३ अंक जोडेर लिग सुरुवात गर्दा बुटवल भने लगातार दुई खेलमा जितविहीन बनेको छ ।

नेपाल सुपर लिग बुटवल लुम्बिनी एफसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय