+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

जाजरकोटमा ३ मिनेटको अन्तरमा दुई भूकम्प

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २२ गते २१:०८

२२ चैत, काठमाडौं । शुक्रबार जाजरकोटमा ३ मिनेटको अन्तरमा दुई भूकम्प गएका छन् ।

शुक्रबार राति ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युड र ८ बजेर १० मिनेटमा ५.५ म्‍यानिच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् डा.लोकविजय अधिकारीले बताए ।

उनले अनलाइनखबरसँग भने, ‘आज राति जाजरकोटमा ३ मिनेटको अन्तरालमा दुई वटा भूकम्प गएका हुन् । यसले भूकम्पीय जोखिम छ भन्‍ने कुरालाई संकेत गर्छ।’

उनका अनुसार पोहोर जाजरकोटमा गएको भूकम्पकै अवशेष भए पनि पछि ठूलो जोखिम ल्याउने संकेत हो । ‘पोहोर जाजरकोटमा गएको भूकम्प कैयौं गुणा शक्तिशाली हो’ उनले भने, ‘मध्य नेपाल भूकम्पको धक्का आउनु भनेकै सतर्क रहनु भनेको हो। यसमा सरकारले पूर्व तयारीमा जुट्नु नै आवश्यक हो जस्तो लाग्छ।’

उनले नेपालमा भूकम्पीय शक्ति जम्मा भइरहेको बताए । उनले भने, ‘हामीले नेपालमा भूकम्पीय शक्ति जम्मा भइरहेको छ, भूकम्पीय जोखिम छ भनेर बुझ्नु जरूरी छ।’

आज गएको भूकम्पबाट क्षति भए नभएको बारे थप जानकारी आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?