२४ चैत, काठमाडौं । काठमाडौंमा जारी यूथ ओडिआई शृंखला अन्तर्गत नेपाल र अफगानिस्तानको युवा टोलीबीचको दोस्रो ओडिआई खेल आज हुँदैछ ।
मुलपानी क्रिकेट मैदानमा हुने खेल विहान साढे ९ बजेदेखि सुरु हुनेछ ।
पहिलो खेलमा नेपाललाई अफगानिस्तानले १३० रनको फराकिलो अन्तरले हराएको थियो । नेपाल आजको खेल जित्दै बाउन्स ब्याक गर्ने लक्ष्यमा हुनेछ ।
आगामी सातादेखि यहीँ सुरु हुने आईसीसी यू-१९ विश्वकप छनोटको तयारीस्वरूप यस शृंखला खेलिएको हो ।
तीन खेलको शृंखलामा तेस्रो खेल बुधबार हुनेछ ।
प्रतिक्रिया 4