+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

सिंगो नेपाललाई खुला संग्रहालय बनाउनुपर्छ : पर्यटनमन्त्री पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २४ गते १२:२४

२४ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सम्पूर्ण नेपाललाई खुला संग्रहालयको रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

आइतबार ललितपुर महानगरपालिका-१६ पाटन दरबारस्थित पुनर्निर्माण सम्पन्न देगुतलेजु मन्दिरको समुद्घाटन समारोहमा बोल्दै मन्त्री पाण्डेले नेपालमा रहेको विविधतापूर्ण संस्कृति र प्रकृति विश्वभर प्रचार गर्नु आजको आवश्यकता भएको बताए ।

‘नेपालमा हिमाल, पहाड र तराई मात्र होइन, ६०-७० मिटर उचाइमा रहेको केचनकवलदेखि अग्ला हिमालसम्म, जडीबुटी, वनजंगल, नदी, ताल, झरनाले भरिएको विविधतापूर्ण प्राकृतिक सौन्दर्य छ,’ मन्त्री पाण्डेले भने, ‘यसलाई वैश्विक स्तरमा प्रचार र ब्राण्डिङ गरेर नेपाललाई प्राकृतिक गन्तव्य तथा संस्कृतिक धरोहरको खुला संग्रहालयका रूपमा स्थापित गर्न सकिन्छ।’

मन्त्री पाण्डेले हिमालदेखि तराईसम्म फैलिएको भूगोल, विभिन्न जातजाति र भाषाभाषिको सांस्कृतिक विविधता, साथै चाडपर्व, भेषभूषा र परिकार लगायतका अभौतिक सम्पदाहरूलाई जोगाउँदै सार्वजनिक चेतना र भूमिकाको खाँचो रहेको बताए ।

‘हामी केवल भौतिक सम्पदा मात्र होइन, अभौतिक सम्पदाको संरक्षण पनि उत्तिकै महत्वपूर्ण छ’ उनले भने, ‘हाम्रो भाषागत, भेषभूषा, पर्व, परिकार, जीवनशैली सबै आफैंमा अनुपम छन्, जसले पर्यटकलाई लोभ्याउन सक्छ।’

मन्त्री पाण्डेले नेपालको सम्पदा, संस्कृति, प्रकृति र परम्पराहरूलाई स्थानीय तहमा संरक्षण र विश्वस्तरमा प्रचार गर्न सकिएमा देशले दिगो पर्यटनमार्फत आर्थिक समृद्धि हासिल गर्न सक्ने विश्वास व्यक्त गरे।

‘नेपाल विविधतामा एकता देखाएको राष्ट्र हो, र त्यसलाई पर्यटनको माध्यमबाट विश्वमाझ परिचित गराउने ऐतिहासिक अवसर अहिलेको पुस्ताले उपयोग गर्नुपर्ने समय आएको छ,’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?