२८ चैत, काठमाडौं । डेक्लान राइसले फ्रिकिकमा दुई शानदार गोल गरेपछि आर्सनलले युईएफए च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा स्पेनी महारथी रियल मड्रिडलाई पराजित गरेको छ।
मंगलबार राति आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा आर्सनलले शानदार खेल प्रस्तुत गर्दै ३-० को जित निकाल्यो ।
खेलको ५८औं मिनेटमा डेक्लान राइसले पहिलो फ्रिकिकमार्फत गोल गर्दै आर्सनललाई अग्रता दिलाए। त्यसपछि ७०औं मिनेटमा उनले दोस्रो पटक फ्रिकिकमै गोल गर्दै अग्रता दोब्बर बनाए।
७५औं मिनेटमा मिकेल मेरिनोले तेस्रो गोल गर्दै आर्सनललाई ३-० को जित दिलाए। खेलको अन्तिम मिनेटमा रियल मड्रिडका एडुआर्ड क्यामाभिङ्गाले दोस्रो पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिए।
यो जितसँगै आर्सनलले सेमिफाइनल प्रवेशको लागि बलियो स्थिति बनाएको छ। दोस्रो लेग अब रियल मड्रिडको घरेलु मैदानमा हुनेछ।
गएराति नै भएको अर्को खेलमा इन्टर मिलानले बायर्न म्युनिखलाई उसैको मैदानमा २-१ ले हरायो ।
 
                    










 २०८१ चैत  २७ गते ७:५१
                        २०८१ चैत  २७ गते ७:५१                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4