+

नेपाललाई कुवेतको प्रतिस्पर्धात्मक लक्ष्य

२०८१ चैत  २८ गते ८:३१ २०८१ चैत २८ गते ८:३१
नेपाललाई कुवेतको प्रतिस्पर्धात्मक लक्ष्य

२८ चैत, काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगिताअन्तर्गत बिहीबार भइरहेको दोस्रो खेलमा नेपालले कुवेतसँग खेलिरहेको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले नेपाललाई १८६ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ । कुवेतले २० ओभरमा ७ विकेट गुमाएर १८५ रन बनायो ।

कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए । मिट भावसरले ३५ तथा बिलाल ताहिरले ३२ रन बनाए । रविजा सन्दरुवानले २६ रन बनाए ।

राम्रो सुरुवात गर्दै १० ओभरभित्रै ९७ रन जोडेको कुवेतले २०० बनाउने संकेत देखाएपनि त्यसपछि नियमित अन्तरालमा विकेट गुमाउँदा २०० को आँकडा भने छुन सकेन ।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिँदा नन्दन यादवले २ तथा ललित राजवंशी र कुशल भुर्तेलले १-१ विकेट हात पारे ।

हङकङ, नेपाल, कतार र कुवेत सहभागी यस प्रतियोगितामा बुधबार नेपालले कतार तथा कुवेतले हङकङलाई पराजित गरेका थिए ।

हङकङ टी-२०आई शृंखला

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय